२०८३ कार्तिक १३
२०८३ कार्तिक १३
१२ कात्तिक, काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा हिमाली क्षेत्रका समस्या, जलवायुजन्य हानि तथा नोक्सानी, जलवायु वित्त र जलवायु न्यायका विषयलाई प्राथमिकताका साथ उठाउने बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित नेशनल क्लाइमेट समिट–२०२६ मा बोल्दै उनले जलवायु परिवर्तनका कारण हिमाली पारिस्थितिक प्रणालीमा परेको असर नेपालका लागि मात्र नभई विश्वकै साझा चुनौती बनेको बताए। उनका अनुसार हिमाली क्षेत्रको पारिस्थितिक सन्तुलन पानी, खाद्य सुरक्षा, ऊर्जा र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको छ। त्यसैले हिमालको संरक्षण नेपालको राष्ट्रिय हितसँगै अन्तर्राष्ट्रिय समुदायको साझा जिम्मेवारी पनि भएको उनले उल्लेख गरे। मन्त्री खनालले गत अगस्ट २६ मा भोटेकोशी करिडोरमा आएको विनाशकारी बाढीपछि करिब…