२५औँ सत्याग्रहमा रहेका डा. केसीको स्वास्थ्यमा समस्या

२५औँ सत्याग्रहमा रहेका डा. केसीको स्वास्थ्यमा समस्या

१६ कात्तिक, काठमाडौं — चिकित्सा शिक्षा सुधारको माग राख्दै गत बिहीबारदेखि इलाममा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई काठमाडौं ल्याउने तयारी गरिएको छ। इलाममा रहेका उनका सहयोगी पवन थापाका अनुसार डा. केसीलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउन लागिएको हो। सरकारले आफ्ना माग सम्बोधन गर्न चासो नदेखाएको भन्दै डा. केसीले गत बिहीबार इलामस्थित नारायण मन्दिरमा अनशन सुरु गरेका थिए। डा. केसीका अनुसार यो उनको २५औँ सत्याग्रह हो।
Read More
गाँजा तस्करीमा संलग्न पाँच जना प्रहरी नियन्त्रणमा

गाँजा तस्करीमा संलग्न पाँच जना प्रहरी नियन्त्रणमा

१६ कात्तिक, काठमाडौं — सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले दुई राउन्ड हवाई फायर गरी करिब २१० किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ। सोमबार बिहान करिब ३ बजे दुईवटा जिपमा गाँजा लोड गरिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई फेला पारेको थियो। प्रहरीका अनुसार पक्राउ गर्न खोज्दा गाँजा बोकेर भाग्न थालेपछि दुई राउन्ड हवाई फायर गरिएको थियो। त्यसपछि पाँचै जनालाई नियन्त्रणमा लिइएको हो। गोप्य सूचनाका आधारमा प्रहरीले बा.१ च ५०३८ र को.१ च ८१८२ नम्बरका जिपमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा आठवटा पोकामा राखिएको करिब २१० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागरकुमार यादव,…
Read More