निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै ओली

२० जेठ, काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो सार्वजनिक कार्यक्रममा बुधबार सहभागी हुँदैछन्।

उनी एमाले केन्द्रीय संगठन विभागले आयोजना गरेको दुईदिने राष्ट्रिय कार्यशालाको उद्घाटन गर्न काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेट पुग्ने कार्यक्रम छ।

‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक कार्यशालाको उद्घाटन बिहान ११ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले गर्ने तय भएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्।

आचार्यका अनुसार पार्टीको संगठनात्मक सुदृढीकरण, सदस्यता विस्तार र संगठनलाई थप गतिशील बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो।

दुई दिनसम्म चल्ने कार्यशालामा पार्टीका सबै प्रदेश तथा जिल्ला इन्चार्जहरू सहभागी हुनेछन्। साथै प्रदेश कमिटी वा सोसरहका कमिटीका पदाधिकारी, कार्यालय सचिव, जिल्ला कमिटीका अध्यक्ष, संगठन विभाग प्रमुख तथा विभिन्न जनसंगठनका केन्द्रीय अध्यक्ष र संगठन विभाग प्रमुखहरूको उपस्थिति रहने बताइएको छ।

कार्यशालामा सदस्यता नवीकरण तथा विस्तार अभियान, संगठन निर्माणका रणनीति र पार्टीको भावी सांगठनिक योजनाबारे छलफल तथा अभिमुखीकरण गरिने एमालेले जनाएको छ।

पार्टी नेतृत्वले कार्यशालालाई आगामी दिनमा संगठन विस्तार र कार्यकर्ता परिचालनलाई प्रभावकारी बनाउने तयारीका रूपमा लिएको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

बाघ संरक्षणमा उपलब्धि, तर वृद्धिदरमा गिरावट

बाघ संरक्षणमा उपलब्धि, तर वृद्धिदरमा गिरावट

१३ साउन, काठमाडौं — नेपालमा पाटेबाघको संख्या बढेर ४२९ पुगेको छ। सन् २०८२ (वि.सं.) मा गरिएको राष्ट्रिय गणनाअनुसार बाघको संख्या अघिल...
‘यस्तो बेला प्रधानमन्त्रीले सबैलाई जोड्नुपर्थ्यो’: गगन थापा

‘यस्तो बेला प्रधानमन्त्रीले सबैलाई जोड्नुपर्थ्यो’: गगन थापा

१३ साउन, काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरी घटनापछि सरकारले सबै राजनीतिक दललाई समेटेर पहल नगरेको भन्दै प्रधानमन...
सिंहदरबारमा सर्वदलीय बैठक सुरु, सुनसरी घटनामाथि छलफल

सिंहदरबारमा सर्वदलीय बैठक सुरु, सुनसरी घटनामाथि छलफल

१३ साउन, काठमाडौं — सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न सरकारको नेतृत्वकर्ता दल रास्वपाको आह्वानमा सर्वदलीय बैठक सुरु भएको ...
कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको उपचारका क्रममा निधन

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको उपचारका क्रममा निधन

१२ साउन, काठमाडौं — नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस हस्पिटलमा ...