बन्द सत्र ढिलाइ हुँदा रास्वपा महाधिवेशनको अवधि बढ्ने संकेत

काठमाडौं, असार ८ —  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनको कार्यतालिका प्रभावित हुने देखिएको छ। बन्द सत्र निर्धारित समयमै सुरु हुन नसकेपछि महाधिवेशन एक दिनसम्म लम्बिन सक्ने संकेत पार्टी नेतृत्वले दिएको छ।

रास्वपा प्रवक्ता मनिष झाले सञ्चारकर्मीसँग कुरा गर्दै बन्द सत्र ढिलो सुरु भए पनि त्यसलाई अस्वाभाविक रूपमा नलिएको बताए। उनका अनुसार महाधिवेशनको अवधि आवश्यक परे एक दिन थपिन सक्ने सम्भावनाबारे यसअघि बसेको केन्द्रीय समिति बैठकमै छलफल भइसकेको थियो।

‘विभिन्न कारणले कार्यतालिकामा केही परिवर्तन आउन सक्छ भन्ने अनुमान पहिले नै गरेका थियौं। त्यसैले महाधिवेशन एक दिन लम्बिन सक्ने अवस्थाका लागि हामी मानसिक रूपमा तयार छौं,’ उनले भने।

झाले महाधिवेशन प्रतिनिधिको संख्या पनि प्रारम्भिक अनुमानभन्दा बढेको जानकारी दिए। उनका अनुसार सोमबार बिहानसम्म करिब ४ हजार ३०० प्रतिनिधि दर्ता भएको विवरण प्राप्त भएको छ।

उनले मधेश प्रदेशबाट आउने केही प्रतिनिधिको नामावली अझै समावेश हुन बाँकी रहेको बताए। छुटेका प्रतिनिधिलाई पनि सहभागी गराउन छुट्टै टोलीले आवश्यक प्रक्रिया अघि बढाइरहेको जानकारी दिँदै उनले बन्द सत्र सुरु गर्ने तयारीसँगै प्रतिनिधि सूचीलाई अन्तिम रूप दिने काम जारी रहेको बताए।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

नर्वेका लागि गोल गर्दा छुट्टै गर्व महसुस हुन्छ : हाल्यान्ड

नर्वेका लागि गोल गर्दा छुट्टै गर्व महसुस हुन्छ : हाल्यान्ड

काठमाडौं, असार ९ — नर्वेका स्टार फरवार्ड एर्लिङ हाल्यान्डले विश्वकपमा देशको प्रतिनिधित्व गर्दै गोल गर्न पाउनु आफ्नो करिअरकै विशेष ...
९२ वर्षको प्रतीक्षापछि विश्वकपमा इजिप्टको ऐतिहासिक पहिलो जित

९२ वर्षको प्रतीक्षापछि विश्वकपमा इजिप्टको ऐतिहासिक पहिलो जित

काठमाडौं, असार ८ — विश्वकप फुटबलमा इजिप्टले आफ्नो इतिहासकै पहिलो जित दर्ता गरेको छ। सन् १९३४ मा पहिलो पटक विश्वकप खेलेको इजिप्टले ...
बन्द सत्र ढिलाइ हुँदा रास्वपा महाधिवेशनको अवधि बढ्ने संकेत

बन्द सत्र ढिलाइ हुँदा रास्वपा महाधिवेशनको अवधि बढ्ने संकेत

काठमाडौं, असार ८ —  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनको कार्यतालिका प्रभावित हुने देखिएको छ। बन्द स...
लामो वार्तापछि अमेरिका–इरान संवाद अघि बढाउने सहमति

लामो वार्तापछि अमेरिका–इरान संवाद अघि बढाउने सहमति

काठमाडौं, असार ८ — अमेरिका र इरानका उच्चस्तरीय प्रतिनिधिमण्डलबीच स्विट्जरल्यान्डमा १८ घण्टाभन्दा बढी समयसम्म वार्ता भएको छ। दुवै द...