२०८२ मंसिर २९
२०८२ मंसिर २९
२९ मंसिर, काठमाडौं — सोमबार सेयर बजारको परिसूचक नेप्से ६.७४ अंकले बढेको छ। यससँगै नेप्से २६०१ अंकमा पुगेको छ। तर कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ४ अर्बको कारोबार भएकोमा आज ३ अर्ब ४४ करोडमा सीमित भएको हो। आज १५५ कम्पनीको सेयर मूल्य बढ्यो भने ९४ कम्पनीको घट्यो र १० कम्पनीको मूल्य स्थिर रह्यो। नेप्से वृद्धिमा बैंकिङ समूहले मुख्य भूमिका खेलेको छ। यद्यपि सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कममै सीमित रह्यो। बैंकिङ ०.७२, विकास बैंक ०.३३, फाइनान्स ०.९०, हाइड्रोपावर ०.०६, जीवन बीमा ०.३०, उत्पादन तथा प्रशोधन ०.५७, निर्जीवन बीमा ०.०७ र व्यापार समूह ०.२७ प्रतिशतले बढेका छन्। होटल…