सबैमा सम्मान,सबैलाई धन्यवाद: केपी शर्मा ओली

सबैमा सम्मान,सबैलाई धन्यवाद: केपी शर्मा ओली

३० असार, काठमाडौं - प्रधानमन्त्रीमा नियुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धन्यवाद ज्ञापन गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि सबैलाई सम्मान र धन्यवाद दिएका हुन् । आफ्नो तस्बिरसहित उनले फेसबुकमा लेखेका छन्,‘सबैमा सम्मान,सबैलाई धन्यवाद !’ राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) बमोजिम प्रतिनिधि सभाका सदस्य ओलीलाई  प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयकी सहसचिव शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभाका माननीय सदस्य श्री केपी शर्मा ओलीज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ।’
Read More
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी र्‍यालीमा गोली चल्यो

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी र्‍यालीमा गोली चल्यो

३० असार, काठमाडौं - पेन्सिलभेनियामा चुनावी र्‍यालीमा गोली चल्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते भएका छन् । शनिबार राति (नेपाली समयअनुसार आइतबार बिहान) ट्रम्पको चुनावी र्‍याली चलिरहेका बेला गोली चलेको हो । घटनामा र्‍यालीमा सहभागी एक जनाको मृत्यु भएको सीएनएनले जनाएको छ । सीएनएनका अनुसार गोली हान्ने व्यक्ति अमेरिकी सिक्रेट सर्भिसको कारबाहीमा मारिएका छन् । पूर्वराष्ट्रपति ट्रम्पको कानबाट रगत बगेको तस्बिरहरू अमेरिकी सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । घटनापछि उनलाई सुरक्षाकर्मीले मञ्चबाट सुरक्षित स्थानतर्फ लगेका थिए ।ओहायोका सिनेटर तथा रिपब्लिकन नेता जेडी भान्सले पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पको अवस्था ठीक रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा यस्ता खालका कुनै पनि हिंसात्मक घटनालाई स्थान नदिइने बताएका छन्…
Read More
एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीका लागि दाबी पेस

एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीका लागि दाबी पेस

२८ असार, काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि दाबी पेस गरेका छन् । शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर अध्‍यक्ष ओलीले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्बन्धी संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् । ओलीले संसद्‌को पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७७ गरी १६५ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत माग्दै राखेको प्रस्ताव प्रतिनिधिसभाबाट अस्वीकृत भएपछि संसद् सचिवालयले दाहालले विश्वासको मत लिन नसकेको जानकारी राष्ट्रपति कार्यालयलाई गराएको थियो । लगत्तै राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका विषयमा कानुनविद्‌हरुसँग छलफल गरेका थिए…
Read More
राष्ट्रपति रामचन्द्र पौडेलले गरे बहुमतको सरकार गठनका लागि आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बहुमतको सरकार गठनका लागि आह्वान

२८ असार, काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिम २०८१ असार ३० गते आइतबार साँझ ५ बजेसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि आह्वान गरेका हुन् । शुक्रबार प्रधानमन्त्री दाहालले विश्वासको मत माग्दै राखेको प्रस्ताव प्रतिनिधिसभाबाट अस्वीकृत भएपछि संसद् सचिवालयले दाहालले विश्वासको मत लिन नसकेको जानकारी राष्ट्रपति कार्यालयलाई गराएको थियो । लगत्तै राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका विषयमा कानूनविद्‌हरुसँग छलफल गरेका थिए । संविधानको धारा ७६ (२) वा (३)मध्ये कुन उपधारा बमोजिम नयाँ सरकार गठन हुने भन्ने विषयमा बहसका बीच राष्ट्रपति पौडेलले संविधानविद्‌हरुसमेतको परामर्शमा संविधानको धारा ७६ (२) बमोजिमकै सरकार गठनका…
Read More
राष्ट्रपति रामचन्द्र पाैडेलले नयाँ सरकार गठनका लागि गरे कानुनविद्‌हरुसँग परामर्श

राष्ट्रपति रामचन्द्र पाैडेलले नयाँ सरकार गठनका लागि गरे कानुनविद्‌हरुसँग परामर्श

२८ असार, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको विश्वास गुमाएसँगै राष्ट्रपति रामचन्द्र पाैडेलले नयाँ सरकार गठनका लागि परामर्श सुरु गरेका छन्। संविधानको धारा ७६ (२) अनुसार नियुक्त प्रधानमन्त्री पदमुक्त भएपछि संविधानको उपधारा (२) वा (३) बमोजिम सरकार गठनको आह्वान गर्ने भन्ने विषयमा राष्ट्रपति पौडेलले कानुनविद्‌हरुसँग छलफल गरेका हुन् । यसक्रममा राष्ट्रपतिले परामर्शका लागि संविधानविद्हरूलाई शीतलनिवास बोलाएर छलफल गरेका छन् । छलफलमा कानुनविद्हरू पूर्णमान शाक्य, विपिन अधिकारी, गोपालकृष्ण घिमिरे, हरिहर दाहाल, शेरबहादुर केसी, टिकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली, सिताराम केसीलगायत सहभागी थिए ।
Read More
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा गुमाए विश्वासको मत: ढल्यो प्रचण्ड सरकार

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा गुमाए विश्वासको मत: ढल्यो प्रचण्ड सरकार

२८ असार, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको विश्वास गुमाएका छन् । यो संगै दाहाल 'प्रचण्ड' नेतृत्वको सरकार ढलेको छ। दाहालले सरकारको नेतृत्व गरेको १८ महिनाको अवधिमा शुक्रबार पाँचौं पटक संसद्बाट विश्वासको मत लिएका थिए । तर उनले प्रतिनिधिसभामा बहुमत प्राप्त गर्न सकेनन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उपस्थित २५८ मध्ये दाहालको पक्षमा ६३ मत मात्र पर्‍यो । प्रधानमन्त्री बन्नका लागि आवश्यक १३८ मत प्राप्त नभएपछि उनी पदमुक्त भएका छन् । उनको विपक्षमा १९४ मत पर्‍यो । मत दिन्न भन्नेमा १ मत परेको थियो । प्रतिनिधि सभामा कांग्रेस, एमाले, राप्रपा, जसपा, जसपा नेपाल, जनमत, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्तिले विश्वासको मत…
Read More
प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलको संविधान नमिचेरै सरकार बनाउन अनुरोध

प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलको संविधान नमिचेरै सरकार बनाउन अनुरोध

२८ असार, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान नमिचेरै सरकार बनाउन अनुरोध गरेका छन् । शुक्रबार प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव राख्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले संसद् बचाउन कांग्रेससँग अनुरोध गरेका छन् । “म कांग्रेस–एमालेका साथीहरूलाई पनि सहकार्यको बधाइसहित केही भन्न चाहन्छु । तपाईंहरू संविधान मिच्नतिर नलाग्नुहोला । नयाँ सरकार पनि संविधान नमिची बनाउनुहोला,” उनले भनेका छन्, “कांग्रेसका साथीहरूलाई बेग्लै मेरो अनुरोध छ, कृपया संसदचाहिँ बचाउनुहोला । संविधान नकुल्चेसम्म बहादुर भइँदैन भन्ने मान्यता बोकेका साथीहरूले संसद नै निल्ने प्रयास गर्न सक्छन् । हिजो हामी मिलेर जोगाएका हौं । अब पनि जोगाउनुहोला र आफू पनि जोगिनुहोला ।” पूर्णपाठ:…
Read More
बाढीपहिरोका कारण देशभर १ सय ३२ सडकखण्डको यातायात सेवा प्रभावित: सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको अनुरोध

बाढीपहिरोका कारण देशभर १ सय ३२ सडकखण्डको यातायात सेवा प्रभावित: सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको अनुरोध

२७ असार, काठमाडौं - बाढीपहिरोका कारण देशभर एक सय ३२ सडकखण्डको यातायात सेवा प्रभावित भएको छ । सडक विभागको तथ्यांकअनुसार बिहीबार १३ सडकखण्ड पूर्णरुपमा तथा एक सय १९ सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएका छन् । विभागका प्रवक्ता सुनिल पोखरेलका अनुसार बीपी राजमार्ग, पृथ्वी राजमार्ग, पुष्पलाल (मध्य पहाडी) राजमार्गलगायत एक सय १९ सडकखण्डमा एकतर्फी रुपमा यातायत सेवा सञ्चालन भएको छ । डुम्रे–बेंसीसहर–चामे, विराटनगर–इटरी धरान, तानसेन–रिडी–कोरालालगायत सडकखण्ड पूर्णरुपमा अवरुद्ध छन् । जल तथा मौसम विज्ञान विभागले आगामी शनिबारसम्म मुलुकभर वर्षाको सम्भावना रहेकाले बाढीपहिरोको उच्च जोखिम रहेको जनाएको छ । विभागका अनुसार हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा…
Read More
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर पर्ने गरी संविधान संशोधन हुँदैन: गगन थापा

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर पर्ने गरी संविधान संशोधन हुँदैन: गगन थापा

२७ असार, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताएका छन्। विराटनगर विमानस्थलमा बिहीबार पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर पर्ने गरी संविधान संशोधन नहुने बताए। ‘दश वर्षको अवधिमा संविधान कार्यान्वयन गर्दै जाने क्रममा देखिएका त्रुटिलाई सच्याउन सबै राजनीतिक दलको साथ र समर्थन आवश्यक पर्छ’, थापाले भने। महामन्त्री थापाले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र कांग्रेसका शीर्ष नेताबीच भएको ७ बुँदे समझदारी पालना गरिने बताए। पहिलो चरणमा एमालेकै नेतृत्वमा सरकार बन्ने उनको भनाइ थियो। महामन्त्री थापाले सात बुँदे समझदारीबारे पार्टीको कार्यसम्पादन समितिमा बृहत् छलफल भएको र यसलाई पार्टीले स्वीकार गरेको…
Read More
रवि लामिछानेमाथि स्वतन्त्र छानबिन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मुकुल ढकालको माग

रवि लामिछानेमाथि स्वतन्त्र छानबिन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मुकुल ढकालको माग

२६ असार, काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मुकुल ढकालले सभापति रवि लामिछानेमाथि स्वतन्त्र छानबिन गर्न माग गरेका छन् । सर्वोच्च अदालतले समेत सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथि छानबिन हुनुपर्ने आदेश सुनाएको भन्दै महामन्त्री ढकालले पार्टीले पनि स्वतन्त्र छानबिन गर्नुपर्ने बताए । 'सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथि छानबिन गर्नुपर्छ भन्ने कुरामा सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा श्रेष्ठको राय एउटै छ । राजीनामा दिने कि नदिने कुरामात्रै उहाँहरूको राय माझिएको हो । सर्वोच्च अदालतले नै छानबिन गर्नुपर्ने नजिर स्थापित गरेको छ,' बुधबार आयोजित पत्रकार सम्मेलनमा ढकालले भने । उनले सहकारी ठगीसम्बन्धी जाहेरी कतै नपरेको रवि लामिछानेको दाबी अदालतले गलत…
Read More