२०८१ असार १७
२०८१ असार १७
१७ असार, काठमाडौं - संसदका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धन गर्ने सहमति भएको छ । सहमति अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने र दोस्रो कार्यकाल शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गरिने भन्ने छ । संविधान संशोधनलाई प्रमुख एजेन्डा बनाएर गठबन्धन गर्न लागिएको हो । दुई दलको सरकार बनेपछि निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका विषयमा संविधान संशोधन गर्ने सहमति भएको कांग्रेसका एक नेताले जानकारी दिए । ओली नेतृत्वको सरकारमा एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय र गृह मन्त्रालयसहित नेपाली कांग्रेसले १० वटा मन्त्रालय लिने सहमति भएको हो । त्यस्तै, एमालेले कोसी, लुम्बिनी…