२०८१ कार्तिक १५
२०८१ कार्तिक १५
१५ कात्तिक, काठमाडौं - नेपाल आयल निगमले डिजेल र मट्टितेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँका दरले घटाएको हाे । पेट्रोल, एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने हेरफेर भएको छैन । इन्डियन आयल कर्पोरेसनले जारी गरेको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ०.२५ रुपैयाँ र डिजेलमा प्रतिलिटर १.०४ रुपैयाँ घटेर तथा मट्टितेलमा २.२४ रुपैयाँ, हवाई इन्धनमा ३.२३ र एलपी ग्यासमा प्रतिसिलिन्डर ५५.७० रुपैयाँ बढेर आएको छ । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर १४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर…