वित्तीय संकटपछि निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा स्थगित

वित्तीय संकटपछि निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा स्थगित

१३ जेठ, काठमाडौं — सरकारले निजी अस्पतालमार्फत प्रदान हुँदै आएको स्वास्थ्य बीमा सेवा कटौती गर्ने निर्णय गरेको छ। बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै स्वास्थ्य बीमा बोर्डले आकस्मिक सेवाबाहेकका सबै बीमा सेवा अस्थायी रूपमा स्थगित गरेको हो। बोर्डले सार्वजनिक गरेको सूचनाअनुसार जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट उपलब्ध हुँदै आएका स्वास्थ्य बीमासम्बन्धी सेवा बन्द रहनेछन्। यो निर्णय जेठ ११ गते बसेको बोर्ड बैठकले गरेको हो। निर्णयसँगै स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध देशभरका सयौं निजी अस्पताल र मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएका ओपीडी, परीक्षण, शल्यक्रिया, औषधि तथा अन्य नियमित सेवामा असर पर्ने सम्भावना देखिएको छ। आकस्मिक सेवा भने यथावत…
Read More
प्रधानमन्त्रीको अनुपस्थितिविरुद्ध हर्क साम्पाङद्वारा संसद् बैठक बहिष्कार

प्रधानमन्त्रीको अनुपस्थितिविरुद्ध हर्क साम्पाङद्वारा संसद् बैठक बहिष्कार

१३ जेठ, काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभा बैठकमा उपस्थित नभएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले संसद् बैठक बहिष्कार गरेका छन्। संसद्मा बोल्दै उनले प्रधानमन्त्रीसँग निरन्तर जवाफ माग्दै आएको उल्लेख गर्दै सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराएका थिए। सभामुखले यस विषयमा अघिल्लो दिन पनि छलफल भएको बताएका थिए। साम्पाङले प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने माग गर्दै अन्यथा आफूलाई नै बैठकबाट निकाल्न आग्रह गरे। प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरूले बैठकमा उठेका प्रश्नको सात दिनभित्र जवाफ दिनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसको पालना नगरेको उनको आरोप थियो। केहीबेर सवाल–जवाफ भएपछि…
Read More