२०८३ भाद्र १
२०८३ भाद्र १
१ भदौ, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठक बोलाएका छन्। बैठक भदौ ५ गते पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने भएको छ। बैठकमा केही पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन गरी प्रस्ताव पेस गर्ने र त्यसलाई अनुमोदन गराउने तयारी गरिएको छ। रास्वपामा हाल एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष मनोनयन गर्न बाँकी छ। त्यस्तै, २७ जना सचिवालय सदस्य र ५१ जना केन्द्रीय सदस्य पनि मनोनयन गरिने तयारी छ। केन्द्रीय समिति बैठकमा सहभागी हुन सबै केन्द्रीय सदस्यलाई जानकारी गराइसकिएको रास्वपाले जनाएको छ। यसअघि साउन १३ गते बसेको रास्वपा…