२०८३ भाद्र २४
२०८३ भाद्र २४
२४ भदौ, काठमाडौं — कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित मोदी खोलाको सहायक किम्रुङ खोलाको बहाव आज बिहानदेखि पुनः पुरानै अवस्थामा फर्किएको छ। मंगलबार साँझ खोलाको बहाव घटेपछि कतै खोला थुनिएको हुन सक्ने आशंकामा गएराति उच्च सतर्कता अपनाइएको थियो। अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले अहिले खोलाको बहाव पूर्ववत् रूपमा बगिरहेको र तत्काल कुनै जोखिम नरहेको जानकारी दिएका छन्। ‘हिजो साँझदेखि खोलामा पानी घटेपछि कतै पहिरोका कारणले हो कि भनेर सबैतिर चिन्ता र चासो भयो। हामीले पनि सबै ठाउँमा सतर्कताका लागि अपिल गरेका थियौँ। कतै पहिरो गएको कारणले हो कि भनेर माथिल्लो क्षेत्रमा बुझ्न भनेका छौँ। तर अहिले खोलामा पानी पहिलाकै अवस्थामा…