२०८३ श्रावण २४
२०८३ श्रावण २४
२४ साउन, डोल्पा — हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका दुई वडा करिब एक महिनादेखि सञ्चार सेवाबाट वञ्चित भएका छन्। नेपाल टेलिकमको टावर सञ्चालनमा नआएपछि नगरपालिकाको वडा नम्बर ५ र ६ का सयौँ नागरिक सामान्य फोन गर्नसमेत अग्ला डाँडाकाँडामा पुग्नुपर्ने बाध्यता रहेको छ। त्रिपुरासुन्दरी–५ खदाङकी स्थानीय मिना सार्कीका अनुसार लामो समयदेखि टावर नचल्दा आफन्तसँग सम्पर्क गर्नेदेखि आवश्यक सूचना आदानप्रदान गर्नसमेत समस्या भएको छ। उनले भनिन्, ‘गाउँमा लामो समयदेखि टावर चलेको छैन। खबर आदानप्रदान गर्न निकै समस्या भइरहेको छ। झण्डै एक महिना भइसक्यो, अहिलेसम्म किन बनेन भन्ने जानकारी पनि छैन। अझै कति समय यसरी सम्पर्कविहीन बस्नुपर्ने हो, थाहा छैन।’ स्थानीयका अनुसार नेटवर्क…