अर्थ मन्त्रालयले हामीले पठाएका फाइल नै खोल्दैन: खानेपानीमन्त्री प्रदीप यादव

१२ भदौ, काठमाडौं – खानेपानीमन्त्री प्रदीप यादवले नेपाली जनतालाई शुद्ध एवं सफा खानेपानी वितरण गर्नु मन्त्रालय र सम्बद्ध पक्षको प्रमुख दायित्व भएको बताएका छन् ।

खानेपानी मन्त्रालयले बुधबार मन्त्रालयमा आयोजना गरेको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले जनतालाई शुद्ध खानेपानी वितरण गर्ने पहिलो प्राथमिकतासहित आफूले काम गर्ने बताए ।

उनले भने, ‘पानी जीवनका लागि नभइ नहुने चिज हो, पर्याप्त बजेट नभएका कारण त्यही पानी पनि जनतालाई खुवाउन सकिएको छैन । त्यसैले हाम्रो पहिलो उद्देश्य जनतालाई शुद्ध खानेपानी वितरण गर्नु हो भनेर सबैले मिलेर काम गर्नुपर्छ ।’

मन्त्री यादवले जनताका जायज मागलाई मन्त्रालयले आवश्यकताका आधारमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । यसैगरी उनले चुरे दोहोन तथा जलवायु परिवर्तनका कारण खानेपानीका स्रोत सुक्दै जाँदा अनेकन समस्या आउनथालेको बताए । उनले भने, ‘मधेसमा चुरेको दोहनका कारण चापाकलमा पानी आउँदैन । पानीका स्रोत सुकेर देखिएका समस्या समाधानका लागि देशभरि नै जलस्रोतकोे अध्ययन गरेर आवश्यक काम गर्न आवश्यक छ ।’

खानेपानी मन्त्रालयको बजेट बर्सेनी घट्दै जानथालेकोप्रति मन्त्री यादवले दुःखसमेत व्यक्त गरे । उनले भने, ‘अर्थ मन्त्रालयले हामीले पठाएका फाइल नै खोल्दैन, गर्न नसकिने कामका फाइल यो कारणले नसकिने भनेर लेखेर फिर्ता पठाइ दिए पनि हुन्थ्यो नी ! यो विषयमा अब प्रधानमन्त्रीसँग कुरा राख्छु ।’ -रासस

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

चौथो विश्वकपमा दक्षिण अफ्रिकाको पहिलो नकआउट यात्रा

चौथो विश्वकपमा दक्षिण अफ्रिकाको पहिलो नकआउट यात्रा

११ असार, काठमाडौं — दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई पराजित गर्दै पहिलोपटक फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको ...
फिफाद्वारा एन्फा निलम्बित, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता रोकियो

फिफाद्वारा एन्फा निलम्बित, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता रोकियो

११ असार, काठमाडौं — विश्व फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई तत्काल प्रभावबाट निलम्बन गरेको छ। फिफाले बुधबार ए...
मुनोजको निर्णायक गोलमा कोलम्बिया अन्तिम १६ मा

मुनोजको निर्णायक गोलमा कोलम्बिया अन्तिम १६ मा

काठमाडौं, असार १० — ड्यानिएल मुनोजको दोस्रो हाफको निर्णायक गोलमा कोलम्बियाले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा डिआर कं...
नर्वेका लागि गोल गर्दा छुट्टै गर्व महसुस हुन्छ : हाल्यान्ड

नर्वेका लागि गोल गर्दा छुट्टै गर्व महसुस हुन्छ : हाल्यान्ड

काठमाडौं, असार ९ — नर्वेका स्टार फरवार्ड एर्लिङ हाल्यान्डले विश्वकपमा देशको प्रतिनिधित्व गर्दै गोल गर्न पाउनु आफ्नो करिअरकै विशेष ...