आफूविरुद्धको नयाँ मुद्दालाई अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प भन्छन्: मरेकालाई जिउँदो बनाउने प्रयास

१२ भदौ, एजेन्सी – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को निर्वाचनमा हस्तक्षेप गर्न खोजेको विषयमा नयाँ अभियोगसहित मुद्दा दायर गरिएको छ ।

जो बाइडेन (वर्तमान राष्ट्रपति) सँग पराजित भएपछि ट्रम्पले मतपरिणाम प्रभावित पार्न खोजेको आरोप खेपेका हुन् ।

अमेरिकी सर्वोच्च अदालतले गत महिना राष्ट्रपतिहरूले आफ्नो पदीय हैसियतमा गर्ने कामकारबाहीमा उन्मुक्ति पाउने आदेश दिएको थियो । तर अभियोजनकर्ताहरूले ट्रम्पविरुद्ध संशोधित अभियोगपत्रसहित फेरि मुद्दा दायर गरेका हुन् । संशोधित अभियोगपत्रमा पनि यसअघिकै चारवटा आपराधिक अभियोग उल्लेख छन् । तर अहिले भने ट्रम्पलाई पदासीन राष्ट्रपति नभई उम्मेदवारका रूपमा मात्र प्रस्तुत गरिएको बीबीसीले जनाएको छ ।

अमेरिकी न्याय मन्त्रालयका विशेष अभियोजनकर्ता ज्याक स्मिथले ट्रम्पविरुद्ध लगाइएका चार अभियोगमा अमेरिकालाई धोका दिने षड्यन्त्र गरेको, सरकारी प्रक्रियामा अवरोधको षड्यन्त्र गरेको, सरकारी प्रक्रिया अवरोध गर्ने प्रयास गरेको र अधिकारविरुद्ध षड्यन्त्र गरेको आरोप लगाइएको हो ।

ट्रम्पले भने २०२० को निर्वाचनमा हस्तक्षेप गरेको आरोप अस्वीकार गर्दै आएका छन् । निर्वाचनमा मतदाताको नाममा व्यापक धाँधली भएको बताउँदै आएका ट्रम्पले त्यसबारे कुनै प्रमाण भने देखाएका छैनन् । ट्रम्पका वकिल टोड ब्लान्चले मुद्दा दायर गरिएको विषयमा ट्रम्पको चुनावी अभियानसँग कुरा गर्न भनेका बीबीसीले जनाएको छ । तर चुनावी अभियानले कुनै उत्तर नदिएको जनाइएको छ ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रूथ’मा आफूविरुद्धको नयाँ मुद्दालाई ‘मरेकालाई जिउँदो बनाउने प्रयास’ गरेको उल्लेख गरेका छन् । अमेरिकीको ध्यान निर्वाचनबाट मोड्नका लागि यस्तो गरिएको उनको दाबी छ । सीएनएनका अनुसार नयाँ अभियोगपत्र ३६ पृष्ठको छ । यसअघिको अभियोजनपत्र ४५ पृष्ठको थियो ।

नयाँ अभियोगपत्रमा ट्रम्पले एक नागरिकका रूपमा निर्वाचनको परिणाम प्रभावित गर्ने प्रयास गरेको दाबी गरिएको छ । ‘निर्वाचन परिणामको प्रमाणीकरण वा प्रक्रियागत कार्यमा प्रतिवादीको कुनै आधिकारिक भूमिका नदेखिएको भए पनि ट्रम्पको आफू निर्वाचित हुने व्यक्तिगत स्वार्थ थियो,’ अभियोग पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

चौथो विश्वकपमा दक्षिण अफ्रिकाको पहिलो नकआउट यात्रा

चौथो विश्वकपमा दक्षिण अफ्रिकाको पहिलो नकआउट यात्रा

११ असार, काठमाडौं — दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई पराजित गर्दै पहिलोपटक फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको ...
फिफाद्वारा एन्फा निलम्बित, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता रोकियो

फिफाद्वारा एन्फा निलम्बित, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता रोकियो

११ असार, काठमाडौं — विश्व फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई तत्काल प्रभावबाट निलम्बन गरेको छ। फिफाले बुधबार ए...
मुनोजको निर्णायक गोलमा कोलम्बिया अन्तिम १६ मा

मुनोजको निर्णायक गोलमा कोलम्बिया अन्तिम १६ मा

काठमाडौं, असार १० — ड्यानिएल मुनोजको दोस्रो हाफको निर्णायक गोलमा कोलम्बियाले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा डिआर कं...
नर्वेका लागि गोल गर्दा छुट्टै गर्व महसुस हुन्छ : हाल्यान्ड

नर्वेका लागि गोल गर्दा छुट्टै गर्व महसुस हुन्छ : हाल्यान्ड

काठमाडौं, असार ९ — नर्वेका स्टार फरवार्ड एर्लिङ हाल्यान्डले विश्वकपमा देशको प्रतिनिधित्व गर्दै गोल गर्न पाउनु आफ्नो करिअरकै विशेष ...