सिंहदरबारमा प्रधानमन्त्री शाह र कर्णाली सांसदबीच विकासबारे छलफल

सिंहदरबारमा प्रधानमन्त्री शाह र कर्णाली सांसदबीच विकासबारे छलफल

१६ चैत, काठमाडौँ —  प्रधानमन्त्री बालेन्द्र शाह र कर्णाली प्रदेशका सांसदहरूबीच सिंहदरबारमा भेटवार्ता भएको छ। भेटका क्रममा कर्णाली प्रदेशको समग्र विकास, पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार, रोजगारी सिर्जना तथा स्थानीय स्रोत साधनको प्रभावकारी उपयोगका विषयमा विस्तृत छलफल भएको ज्ञानेन्द्र शाहीले जानकारी दिए। प्रधानमन्त्री शाहले कर्णालीको दीगो र समावेशी विकासका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै आवश्यक नीतिगत र संरचनागत सहयोग उपलब्ध गराउने आश्वासन दिएका छन्। भेटका क्रममा शाहीले कर्णालीका रोकिएका तथा अधुरा आयोजनाहरूलाई पुनः सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरेको बताए। साथै, विगतमा सुशीला कार्की नेतृत्वको सरकारले रोकेको बजेट फुकुवा गर्न पनि माग गरिएको उनले उल्लेख गरे। भेटमा कर्णाली…
Read More
‘घुस खान र खुवाउन दिंदैनौं’ — अर्थमन्त्री वाग्ले

‘घुस खान र खुवाउन दिंदैनौं’ — अर्थमन्त्री वाग्ले

१६ चैत, काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई अब घुस दिनुपर्ने, कामका लागि लाइनमा बस्नुपर्ने वा थुनिनुपर्ने अवस्था अन्त्य हुने बताएका छन्। सोमबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिसँगको भेटमा उनले यस्तो आश्वासन दिएका हुन्। साथै उनले लगानी वृद्धि र रोजगारी सिर्जनामा जोड दिन निजी क्षेत्रलाई आग्रह गरे। उनले आफू घुस खान नआएको र कसैलाई पनि घुस खान नदिने स्पष्ट पार्दै देशको अर्थतन्त्रलाई नयाँ दिशामा अघि बढाउने लक्ष्य रहेको बताए। निजी क्षेत्रलाई अब अनावश्यक दुःख नहुने बताउँदै उनले सरकारलाई सहयात्रीको रूपमा लिने विश्वास व्यक्त गरे। अब घुस दिनुपर्ने, लाइन लाग्नुपर्ने वा व्यवसायीहरू थुनिनुपर्ने अवस्था नरहने उनको भनाइ थियो। आर्थिक बेइमानीका…
Read More
प्रधानमन्त्री बालेनको सिंहदरबार संवाद: कोशीका सांसदसँग मागियो समस्या र समाधानको ठोस उपाय

प्रधानमन्त्री बालेनको सिंहदरबार संवाद: कोशीका सांसदसँग मागियो समस्या र समाधानको ठोस उपाय

१६ चैत, काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले देशका विभिन्न क्षेत्रका समस्या र विकासका एजेन्डाबारे प्रत्यक्ष संवाद थाल्नुभएको छ। यसै सिलसिलामा सोमबार प्रधानमन्त्री शाहले कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गर्नुभएको छ। छलफलको मुख्य उद्देश्य कोशी प्रदेशका समसामयिक समस्याहरू बुझ्ने र त्यसको समाधानका लागि बजेट तथा प्राथमिकता निर्धारण गर्ने रहेको छ। के भयो छलफलमा? छलफलमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणी न्यौपानेका अनुसार, कोशी प्रदेशका सबै सांसदहरूले आ–आफ्नो निर्वाचन क्षेत्र र जिल्लाका विद्यमान समस्याबारे प्रधानमन्त्रीलाई विस्तृत ब्रिफिङ गरेका थिए। सांसद न्यौपानेले छलफलको सारबारे जानकारी दिँदै भन्नुभयो: "हामीले कोशी प्रदेशका सामूहिक समस्या र प्रत्येक…
Read More
रास्वपाको नयाँ अभ्यास: मन्त्रालयमा ‘विशेषज्ञ सांसद’, बालेन सरकारको कामलाई गति दिइने

रास्वपाको नयाँ अभ्यास: मन्त्रालयमा ‘विशेषज्ञ सांसद’, बालेन सरकारको कामलाई गति दिइने

१६ चैत, काठमाडौं — सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई मन्त्रालयको काममा प्रत्यक्ष परिचालन गर्ने विशेष योजना अघि सारेको छ। सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी र नतिजामुखी बनाउन रास्वपाले विषय विज्ञताका आधारमा सांसदहरूलाई मन्त्रालयमा खटाउने तयारी गरेको हो। सांसदलाई मन्त्रालय पठाउनुको मुख्य उद्देश्य रास्वपा प्रवक्ता मनिष झाका अनुसार यो कदम सांसदहरूको क्षमता अभिवृद्धि र मन्त्रीहरूलाई कार्यसम्पादनमा सहयोग पुर्‍याउन चालिएको हो। प्रवक्ता झाले भने, "सांसद भनेको भविष्यको सम्भावित मन्त्री पनि हो। त्यसैले यो उनीहरूका लागि एक प्रकारको प्रशिक्षण (ट्रेनिङ) पनि हुनेछ।" पार्टीले मन्त्रालयमा सांसदहरूका साथै पार्टीको केन्द्रीय विभागका सदस्यहरूलाई पनि विज्ञका रूपमा खटाउने तयारी गरेको छ। केही सांसदहरूले भने…
Read More
ओली र लेखकलाई थुनामा राखेको विरुद्ध सर्वोच्चमा सुनुवाइ सुरु, दुवै मुद्दा पहिलो नम्बरमा

ओली र लेखकलाई थुनामा राखेको विरुद्ध सर्वोच्चमा सुनुवाइ सुरु, दुवै मुद्दा पहिलो नम्बरमा

१६ चैत, काठमाडौं — नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राखेको विरुद्ध दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय मेघराज पोखरेल र कुमार रेग्मीको इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो। गोलाप्रथाबाट तोकिएको पेसी सूचीमा दुवै नेताका मुद्दाहरू सम्बन्धित इजलासको पहिलो नम्बरमा रहेका छन्। के हो घटना? गत भदौ २३ र २४ गते भएको 'जेन-जी' (Gen-Z) आन्दोलनका क्रममा अत्याधिक बल प्रयोग गरी हत्या भएको अभियोग (कर्तव्य ज्यान) मा अनुसन्धानका लागि प्रहरीले ओली र लेखकलाई गत शनिबार पक्राउ गरेको थियो। उनीहरूलाई आइतबार जिल्ला अदालत काठमाडौँले अनुसन्धानका लागि ५…
Read More