अर्थ मन्त्रालयले घटायो समानीकरण अनुदान

अर्थ मन्त्रालयले घटायो समानीकरण अनुदान

६ जेठ, काठमाडौं — संघीय सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा पनि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराइने वित्तीय समानीकरण अनुदानमा ८.५५ प्रतिशत कटौती गर्ने भएको छ । अर्थ मन्त्रालयले जेठ ४ गते महालेखा नियन्त्रक कार्यालयलाई पत्र पठाउँदै चालु आर्थिक वर्षको वित्तीय समानीकरण अनुदान कुल विनियोजनको ९१.४५ प्रतिशतभन्दा नबढ्ने गरी मात्रै हस्तान्तरण गर्न निर्देशन दिएको हो । मन्त्रालयको निर्देशनपछि महालेखा नियन्त्रक कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई पनि आवश्यक निर्देशन दिएको छ । कार्यालयका अनुसार प्रदेश र स्थानीय तहलाई चौथो किस्ता पठाउँदा सो किस्ताको २१.०२ प्रतिशत तथा कुल विनियोजनको ९१.४५ प्रतिशत सीमा ननाघ्ने गरी रकम हस्तान्तरण गर्ने निर्णय गरिएको छ…
Read More
तेल आपूर्ति र युद्धबीचको नयाँ संकेत

तेल आपूर्ति र युद्धबीचको नयाँ संकेत

६ जेठ, काठमाडौं — तेल बोकेका दुई चिनियाँ पानीजहाज बुधबार स्ट्रेट अफ हर्मुज पार गरेपछि अमेरिका–इरानबीचको युद्ध चाँडै अन्त्य हुन सक्ने आशा बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार युद्ध ‘धेरै चाँडै’ अन्त्य हुन सक्ने बताएका थिए । त्यस्तै उपराष्ट्रपति जेडी भान्सले पनि इरानसँग भइरहेको वार्तामा प्रगति भइरहेको जानकारी दिएका थिए । यहीबीच इराकी तेल बोकेका दुई चिनियाँ जहाज हर्मुजबाट बाहिरिएपछि युद्ध अन्त्यतर्फ जान सक्ने संकेत देखिएको रोयटर्सले जनाएको छ । यस सकारात्मक संकेतपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको बताइएको छ । यसअघि ट्रम्पले इरानमाथि गर्ने भनिएको आक्रमणको योजना वार्तालाई थप अवसर दिन भन्दै रोकिएको बताएका…
Read More
सभामुखको रुलिङमाथि साम्पाङको आपत्ति

सभामुखको रुलिङमाथि साम्पाङको आपत्ति

६ जेठ, काठमाडौं — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई संसद्प्रति जवाफदेही बनाउनका लागि आफूहरू निलम्बन हुन पनि तयार रहेको बताएका छन् । बुधबार सिंहदरबारस्थित संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारविरुद्ध भइरहेको विरोध आगामी दिनमा पनि जारी रहने बताएका हुन् । साम्पाङले सरकारलाई प्रश्न उठाउन नदिने गरी सभामुखले रुलिङ गरेको आरोप पनि लगाए । उनले आफूहरूले त्यसको विरोध गरिरहेको बताएका छन् । उनका अनुसार सार्वभौम संसद् र संसदीय विधि–विधानको संरक्षणका लागि आवश्यक परे आफूहरू निलम्बन हुनसमेत तयार छन् । उनले सुकुम्बासी समस्या, लिपुलेक मुद्दा, विदेशी ऋणलगायत विभिन्न विषयमा आफूहरूले उठाएका प्रश्नहरूको स्पष्ट जवाफ नआएको बताए । सरकारले जनताका…
Read More
‘रेमिटेन्स आयो, बाहिर गएको हेरिएन’: धनन्जय रेग्मी

‘रेमिटेन्स आयो, बाहिर गएको हेरिएन’: धनन्जय रेग्मी

६ जेठ, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद धनन्जय रेग्मीले आफूले सुगौली सन्धिको प्रतिलिपि पढ्न नपाएको बताएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । परराष्ट्रमन्त्री शिशिर खनाल उपस्थित रहेको बैठकमा उनले सीमा समस्यासँग सम्बन्धित विषयमा प्रश्न उठाएका थिए । रेग्मीले भने, “सीमाको समस्या वास्तवमा के हो ? सुगौली सन्धि के हो ? हामीले त्यसको प्रतिलिपि पढ्न पाएनौं । त्यो कहाँ छ ? पढ्न पाएको भए धेरै कुरा बुझ्न सकिन्थ्यो ।” अर्को प्रसङ्गमा उनले नेपालमा ‘रिसर्चर भिसा’को व्यवस्था गर्न पहल गर्न पनि आग्रह गरेका छन् । उनले भने, “नेपालमा…
Read More