२०८३ कार्तिक १८
२०८३ कार्तिक १८
१७ कात्तिक, काठमाडौं — न्यायालय र न्यायक्षेत्रसँग सम्बन्धित पछिल्लो समय उठेका प्रश्न तथा टिप्पणीबारे अध्ययन गर्न नेपाल बार एसोसिएसनले समिति गठन गरेको छ। सोमबार बसेको बारको कार्यसमिति र सल्लाहकार समितिको संयुक्त बैठकले पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको महासचिव एवं वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले जानकारी दिए। समितिमा सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष पूर्णमान शाक्य, नेपाल बारका पूर्वउपाध्यक्षहरू उषा मल्ल पाठक र सुरेन्द्रकुमार महतो तथा पूर्वसदस्य चन्द्रप्रसाद काफ्ले सदस्य छन्। बारका केन्द्रीय सदस्य बाबुराम अर्याललाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ। महासचिव कोइरालाका अनुसार समितिलाई न्यायालयका विषयमा उठेका टिप्पणीहरूको तथ्य संकलन गर्ने र समग्र न्याय क्षेत्रको सुधार तथा उन्नयनका…