युद्धविरामपछि पनि तनाव कायम, इरानलाई चेतावनी

६ वैशाख, काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ‘ब्ल्याकमेल’ अब नचल्ने बताएका छन्। शनिबार ह्वाइट हाउसस्थित ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै उनले इरानले हर्मुज जलडमरूमध्य बन्द गरेर अमेरिका माथि दबाब सिर्जना गर्न खोजेको आरोप लगाउँदै अब यस्तो प्रयास सफल नहुने बताएका हुन्।

उनले इरानले हर्मुज बन्द गरेर अमेरिका माथि प्रभाव पार्न खोजे पनि अब त्यसले काम नगर्ने स्पष्ट पारे।

शुक्रबार इरानले हर्मुज जलडमरूमध्य अस्थायी रूपमा खुला गरिएको घोषणा गरेको थियो। तर शनिबार नै इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) ले उक्त क्षेत्रमा पुनः कडा नियन्त्रण कायम गरिएको जनाएको थियो।

इरानले हर्मुज खुला गरे पनि अमेरिकाले लगाएको नाकाबन्दी हटाएको छैन भन्ने कारण देखाउँदै आइआरजिसीले फेरि पहिलेकै अवस्थामा नियन्त्रण कायम गरिएको दाबी गरेको हो।

ट्रम्पले इरानसँग वार्ता भइरहेको पनि बताएका छन्। तर पाकिस्तानको राजधानी इस्लामाबादमा हुने भनिएको दोस्रो चरणको वार्ता भने अझै अनिश्चित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। कतारी सञ्चारमाध्यम अलजजिराका अनुसार वार्ताको तयारी स्पष्ट देखिएको छैन र इरानी पक्ष पनि तत्काल वार्ताका लागि तयार छैन।

ट्रम्पले आइतबारसम्म वार्ता हुन सक्ने संकेत दिएका थिए। साथै, उनले बुधबारसम्म दीर्घकालीन सम्झौता गर्न इरानलाई चेतावनी दिएका छन्।

यसअघि गत बुधबार अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम घोषणा गरिएको थियो। ट्रम्पले उक्त समयसीमा नबढाइने र सो अवधिभित्र सम्झौता नभए इरानमाथि पुनः सैन्य आक्रमण हुन सक्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

अब जोसुकैले दिन सक्छ योजना, रास्वपाको नयाँ घोषणा

अब जोसुकैले दिन सक्छ योजना, रास्वपाको नयाँ घोषणा

६ वैशाख, काठमाडौं — सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो पटक सार्वजनिक रूपमा विज्ञ र योजनाहरू आह्वान गर्ने तयारी...
युद्धविरामपछि पनि तनाव कायम, इरानलाई चेतावनी

युद्धविरामपछि पनि तनाव कायम, इरानलाई चेतावनी

६ वैशाख, काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ‘ब्ल्याकमेल’ अब नचल्ने बताएका छन्। शनिबार ह्वाइट हाउसस्थित ओभल अफिस...
महत्वपूर्ण सडक परियोजना सञ्चालनको नजिक

महत्वपूर्ण सडक परियोजना सञ्चालनको नजिक

४ वैशाख, काठमाडौं — सिद्धार्थ राजमार्ग अन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको भौतिक प्रगति करिब ६० प्रतिशत र वित्तीय प्रगति ...
विदेशी लगानीकर्ता घटे, भिसा सिफारिसमा पनि गिरावट

विदेशी लगानीकर्ता घटे, भिसा सिफारिसमा पनि गिरावट

४ वैशाख, काठमाडौं — चालु आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालमा कुल ४१ अर्ब ७९ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ। ...