२०८३ बैशाख ६
२०८३ बैशाख ६
६ वैशाख, काठमाडौं — सरकारले आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने कार्यक्रम सञ्चालन गरेको छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिनसम्म भिटामिन ‘ए’ सँगै जुकाको औषधि पनि खुवाउने अभियान सुरु गरेको स्वास्थ्य सेवा विभाग, पोषण शाखाका प्रमुख लिलाविक्रम थापाले जानकारी दिएका छन्। उनका अनुसार यस कार्यक्रममार्फत छ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ। साथै, एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि ‘अलबेन्डाजोल’ पनि खुवाइनेछ। कार्यक्रम सञ्चालनका लागि स्थानीय तहहरूले विभिन्न स्थानमा खोप केन्द्र स्थापना गरेका छन्। यस अभियानमा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५…