२०८३ श्रावण १०
२०८३ श्रावण १०
१० साउन, काठमाडौं — इरानमाथि लगातार १३ दिनसम्म हवाई आक्रमण गरेको अमेरिकाले शुक्रबार भने कुनै पनि सैन्य हमला गरेको छैन। यसअघि अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले हरेक दिन इरानमा गरिएको आक्रमणबारे सामाजिक सञ्जालमार्फत जानकारी सार्वजनिक गर्दै आएको थियो। तर पछिल्ला दुई दिनयता सेन्टकमले यससम्बन्धी कुनै नयाँ अपडेट दिएको छैन। अमेरिकी अनलाइन सञ्चारमाध्यम एक्सियसका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनपछि इरानमाथिको आक्रमण रोकिएको हो। लगातार १३ दिनसम्म दैनिक आक्रमणको स्वीकृति दिएका ट्रम्पले पहिलोपटक आक्रमण रोक्ने निर्णय गरेका हुन्। यसले इरानसँग कूटनीतिक माध्यमबाट समाधान खोज्ने प्रयासलाई थप समय दिन खोजिएको संकेत गरेको बताइएको छ। तर यो निर्णय केवल एक दिनका लागि हो…