प्रचण्डको चेतावनी: निरंकुश प्रवृत्तिविरुद्ध कडा कारबाहीको समय आएको छ

प्रचण्डको चेतावनी: निरंकुश प्रवृत्तिविरुद्ध कडा कारबाहीको समय आएको छ

१६ चैत, काठमाडौं — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई निरंकुशतावादी र आपराधिक प्रवृत्तिमाथि कठोर कारबाही गर्नुपर्ने समय आएको बताएका छन्। शनिबार (चैत १६) काठमाडौंमा प्रेस सेन्टर नेपालको पाँचौँ महाधिवेशन उद्घाटन गर्दै उनले सरकारको कडा कदमलाई आफूहरूको पूर्ण समर्थन रहने बताए। "यो उपयुक्त समय हो," प्रचण्डले भने, "गणतन्त्रवादीहरूले निरंकुश प्रवृत्तिमाथि कडा कारबाही गरेर आफूलाई सुधार्ने र जनताको हितमा अघि बढ्ने अवसर यही हो। सरकारले यदि कठोर निर्णय लिन्छ भने हाम्रो साथ रहनेछ।" उनले भ्रष्टाचारविरुद्ध सरकार दृढ हुनुपर्नेमा जोड दिँदै सम्झौता र चलखेलले गणतन्त्रलाई कमजोर पार्ने चेतावनी दिए। समाजवादी मोर्चाको प्रदर्शनले सम्भावित दुर्घटना टारेको दाबी प्रचण्डले समाजवादी मोर्चाले शुक्रबार…
Read More
राजावादी आन्दोलनको हिंसात्मक घटना आपराधिक: गृहमन्त्री लेखक

राजावादी आन्दोलनको हिंसात्मक घटना आपराधिक: गृहमन्त्री लेखक

१६ चैत, काठमाडौं — गृहमन्त्री रमेश लेखकले राजावादी आन्दोलनको नाममा भएको हिंसात्मक आक्रमणलाई आपराधिक कार्यको संज्ञा दिँदै संलग्नहरूमाथि कानुनी कारबाही हुने बताएका छन्। शनिबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जनधनको क्षति गर्ने तत्वहरूमाथि विस्तृत अनुसन्धान गरी कडा कारबाहीको प्रतिबद्धता जनाए। शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा राजावादीहरूले आयोजना गरेको आन्दोलन उग्र बन्दा दुईजनाको मृत्यु भएको थियो भने सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी भएका थिए। आक्रमणकारीहरूले नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा समेत आगजनी गरेको गृहमन्त्री लेखकले पुष्टि गरे। गृहमन्त्री लेखकले आन्दोलन कुनै राजनीतिक दर्शन, सिद्धान्त वा चेतनासँग सम्बन्धित नभई योजनाबद्ध आक्रमण भएको बताए। "घरभित्र मानिसहरू रहेको…
Read More
राजावादी आन्दोलनको अराजकता निन्दनीय, दोषीलाई कारबाहीको माग: एमाले महासचिव पोखरेल

राजावादी आन्दोलनको अराजकता निन्दनीय, दोषीलाई कारबाहीको माग: एमाले महासचिव पोखरेल

१६ चैत, काठमाडौं — सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादी आन्दोलन हिंसात्मक र अराजक भएको भन्दै आपराधिक गतिविधिमा संलग्न तथा त्यसका लागि निर्देशन दिनेहरूमाथि कडा कारबाहीको माग गरेका छन्। उनले आन्दोलनका नाममा नियोजित रूपमा आपराधिक समूह परिचालित गरिएको दाबी गर्दै पीडितलाई राज्यबाट उचित सम्बोधन आवश्यक रहेको बताएका छन्। शनिबार पोखरेलले भने, "जनतालाई आतंकित बनाउने, आपराधिक घटनामा संलग्न हुने र त्यसलाई उक्साउने तथा निर्देशन दिने सबैलाई अविलम्ब कानुनी दायरामा ल्याउनुपर्छ।" उनले शुक्रबार राजधानीमा भएका दुई छुट्टाछुट्टै प्रदर्शनको तुलनात्मक समीक्षा गर्दै समाजवादी मोर्चाको प्रदर्शन शान्तिपूर्ण र सन्देशमूलक रहेको बताए। विपरीत रूपमा राजावादीहरूको आन्दोलन उग्र, प्रतिशोधात्मक र अराजक बनेको भन्दै…
Read More
काठमाडौंमा राजावादी प्रदर्शनको क्रममा हिंसात्मक घटना, राजनीतिक दलहरूको कडा आपत्ति

काठमाडौंमा राजावादी प्रदर्शनको क्रममा हिंसात्मक घटना, राजनीतिक दलहरूको कडा आपत्ति

१६ चैत, काठमाडौं — काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक बन्दै जाँदा विभिन्न निजी तथा सार्वजनिक सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाटका घटनाहरू भएका छन्। प्रदर्शनका क्रममा मिडिया हाउस, सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय, सपिङ मल, सार्वजनिक सवारीसाधन तथा सर्वसाधारणका घरमा आक्रमण भएको छ। यस घटनाप्रति प्रमुख राजनीतिक दलहरूले आपत्ति जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। राजनीतिक दलहरूको एकस्वरमा भर्त्सना नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरूले विज्ञप्ति जारी गर्दै प्रदर्शनका नाममा भएको हिंसात्मक गतिविधिलाई गम्भीर रूपमा लिएका छन्। कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण प्रदर्शनको नाममा भएको हिंसा…
Read More
दाहालले राजावादी प्रदर्शनलाई अराजकता भने, नयाँ क्रान्तिको आह्वान

दाहालले राजावादी प्रदर्शनलाई अराजकता भने, नयाँ क्रान्तिको आह्वान

१६ चैत, काठमाण्डौं — माओवादी अध्यक्ष पुष्पकमल दाहालले शुक्रबारको राजावादी प्रदर्शनलाई अराजकताको पराकाष्ठा भन्दै कडा आलोचना गरेका छन्। उनले भने, "राजावादीहरूले राजनीतिक दलहरूको उदारतालाई कमजोरी ठानेर गल्ती गरे, र त्यसको परिणाम भोग्नुपर्ने चेतावनी पनि उनले दिएका छन्।" समाजवादी मोर्चाले काठमाण्डौमा आयोजना गरेको जनसभामा दाहालले राजावादीको आन्दोलनको कडा शब्दमा निन्दा गर्दै, "यदि पूर्वराजाले अझै गल्ती गरे भने परिणाम भोग्न केही पनि बाँकी रहने छैन," भने। उनले आगामी शान्तिपूर्ण आन्दोलनको तयारी गर्नका लागि माओवादीलाई आग्रह गर्दै भने, "हामीले शान्तिपूर्वक संघर्षका माध्यमबाट जनताको पक्षमा संघर्ष गर्नुपर्ने अवस्था आएको छ।" राजावादीलाई पञ्चायती मण्डलेको संज्ञा दिने दाहालले भने, "हामी अराजकता मच्चाउने मण्डलेलाई छुट दिन्ने छैनौं।…
Read More
३ अर्बभन्दा बढी ठगी गर्ने गिरोह पक्राउ, २ भारतीयसहित ७ जना प्रहरी नियन्त्रणमा

३ अर्बभन्दा बढी ठगी गर्ने गिरोह पक्राउ, २ भारतीयसहित ७ जना प्रहरी नियन्त्रणमा

१८ माघ, काठमाडौं – ३ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा २ भारतीय नागरिकसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले डेढ वर्षदेखि संगठित रूपमा ठगी गर्दै आएका उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा कैलालीका २२ वर्षीय माइकल डंगौरा, २६ वर्षीय अनिल विश्वकर्मा, काठमाडौंका २१ वर्षीय पियुष श्रेष्ठ, दोलखाका १९ वर्षीय अश्विन चौलागाईं, रौतहटका २२ वर्षीय सत्यमकुमार सहनी रहेका छन्। त्यस्तै, भारतका ३६ वर्षीय मुन्ना कुमार र २७ वर्षीय रोशन कुमार पनि पक्राउ परेका छन्। स्मार्ट तरिकाले ठगी, करोडौंको साइबर अपराध सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक सुधिरराज शाहीका अनुसार पक्राउ परेका व्यक्तिहरू कम्प्युटर इन्जिनियरिङ अध्ययनरत विद्यार्थी हुन्, जसले…
Read More
प्रमुख सचेतक पाण्डेको आरोप: ‘सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा असफल’

प्रमुख सचेतक पाण्डेको आरोप: ‘सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा असफल’

१८ माघ, काठमाडौं – माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न असफल भएको आरोप लगाएका छन्। संसद्को हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उनले भुटानी शरणार्थी प्रकरण लगायतका भ्रष्टाचार मुद्दाहरूमा ठोस छानबिन अघि नबढेको भन्दै सरकारको आलोचना गरे। "बाढीपहिरोको समयमा सरकारले प्रभावकारी भूमिका खेल्न सकेन। शान्ति प्रक्रियाका बाँकी काम अझै अधुरै छन्। बेपत्ता नागरिकका परिवारहरू अन्योलमा छन्। शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन आवश्यक कदम चाल्न सरकारलाई आग्रह गर्छु," उनले भने। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिने बताए पनि पछिल्ला भ्रष्टाचार प्रकरणहरूले सरकारलाई नै चुनौती दिएको पाण्डेको भनाइ छ। "प्रधानमन्त्रीले आफू भ्रष्टाचार गर्दिनँ, अरूलाई…
Read More
सभापति देउवाको प्रतिबद्धता: ‘गठबन्धन सहमति कार्यान्वयन गर्न कांग्रेस दृढ’

सभापति देउवाको प्रतिबद्धता: ‘गठबन्धन सहमति कार्यान्वयन गर्न कांग्रेस दृढ’

१८ माघ, काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता साझेदार दलहरूबीच भएको सात बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्। संसद्को हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारको ६ महिनाको कार्यकाल सकारात्मक दिशामा अघि बढिरहेको दाबी गरे। "विगतमा सरकारहरू अस्थिर हुँदा यो गठबन्धन निर्माण भएको हो। हामी नेपाली कांग्रेससहित अन्य राजनीतिक दलहरूको निरन्तर सहयोग रहेको छ। सात बुँदे सहमति कार्यान्वयन गर्न कांग्रेस दृढ छ," उनले भने। सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै मुलुकमा स्थायित्व र समृद्धि ल्याउने सरकारको लक्ष्य रहेको उल्लेख गरे। उनले भ्रष्टाचार नियन्त्रण, आर्थिक सुधार, तथा दिगो शान्ति स्थापना सरकारका मुख्य प्राथमिकता…
Read More
प्रधानमन्त्री ओलीको दाबी: “सरकार २०८४ सम्म टसमस हुँदैन”

प्रधानमन्त्री ओलीको दाबी: “सरकार २०८४ सम्म टसमस हुँदैन”

१८ माघ, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार २०८४ सालसम्म कुनै पनि हालतमा नढल्ने दाबी गरेका छन्। प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले विपक्षी दलहरूलाई ‘सरकार ढल्नै लाग्यो’ भन्ने हल्ला नगर्न आग्रह गरे। उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पछिल्लो अभिव्यक्तिको खण्डन गर्दै सरकार सुरक्षित रहेको स्पष्ट पारे। माओवादी अध्यक्ष दाहालले केही दिनयता सरकार छिट्टै ढल्ने दाबी गर्दै आइरहेका छन्। ‘हामीले केही नगरे पनि यो सरकार आफैं ढल्छ,’ भन्ने उनको भनाइलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले व्यंग्यात्मक प्रतिक्रिया दिए। ओलीले चर्चित गीत ‘म त ढलेँ ढलेँ...’ को सन्दर्भ उल्लेख गर्दै भने, “विपक्षी दलहरू निरर्थक रूपमा सरकार ढल्ने…
Read More
सरकार व्यापारी वा उद्योगपति बन्नुहुन्न: शेरबहादुर देउवा

सरकार व्यापारी वा उद्योगपति बन्नुहुन्न: शेरबहादुर देउवा

९ माघ, काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको मुख्य भूमिका व्यवस्थापक र संयोजकको हुनुपर्ने भन्दै व्यापार र उद्योगमा संलग्न नहुने स्पष्ट पारेका छन्। बुधबार सानेपामा आयोजित कांग्रेसको आर्थिक नीति तथा योजना विभागद्वारा आयोजित गोष्ठीमा बोल्दै देउवाले भने, “व्यापार गर्ने काम व्यापारीको हो, उद्योग खोल्ने जिम्मा उद्योगपतिको हो। सरकार व्यापार वा उद्योगमा प्रत्यक्ष रूपमा संलग्न हुनु उचित होइन। गिरिजाबाबुले निजीकरण गर्दा धेरै विरोध भयो, तर त्यो निर्णय सही थियो।” एमसिसी सम्झौता संसदबाट पारित गर्दा भएका विवादको स्मरण गर्दै देउवाले अहिले त्यसले नेपालको विकासमा सकारात्मक योगदान दिएको बताए। उनले भने, “एमसिसी पास गर्दा विरोध भयो, तर अहिले हेर्दा थाहा हुन्छ,…
Read More