प्रदेशमा तीन पार्टीको संयुक्त सरकार जनादेशविपरीत हुन्छ : गगन थापा

प्रदेशमा तीन पार्टीको संयुक्त सरकार जनादेशविपरीत हुन्छ : गगन थापा

३ साउन, काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मिलेर सरकार गठन गर्नुपर्ने प्रस्ताव आएको खुलासा गर्दै त्यसलाई गलत भएको बताएका छन्। ललितपुरमा आयोजित ‘नयाँ पुस्तासँग नेपाली कांग्रेसका सभापति साक्षात्कार तथा कृष्णप्रसाद भट्टराईको सालिक अनावरण’ कार्यक्रममा बोल्दै उनले तीन दलको संयुक्त सरकार नागरिकको जनादेशअनुकूल नहुने धारणा राखे। ‘अहिले एउटा प्रस्ताव आइरहेको छ– तीनवटै पार्टी मिलेर प्रदेशमा सरकार बनाउनुपर्छ। हामीले भन्यौं, यो गलत हो, यसो गर्नु हुँदैन। यसरी सरकार बनाउँदा नागरिकले दिएको म्यान्डेटभन्दा फरक अवस्था सिर्जना हुन्छ,’ उनले भने। बागमती प्रदेश सरकारको भविष्यबारे उठेको प्रश्नको जवाफ दिँदै थापाले कांग्रेसले आफ्नो सिद्धान्तमा…
Read More
वाग्मतीमा आजदेखि ८ मन्त्रालय लागू, ६ मन्त्री विनाविभागीय

वाग्मतीमा आजदेखि ८ मन्त्रालय लागू, ६ मन्त्री विनाविभागीय

१ साउन, काठमाडौं — वाग्मती प्रदेश सरकारले मन्त्रालयको संख्या १४ बाट घटाएर ८ कायम गर्ने निर्णय आजदेखि कार्यान्वयनमा ल्याएको छ। मन्त्रालय पुनर्संरचनापछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रीहरूको नयाँ कार्यविभाजन सिफारिस गरेका थिए। सोही सिफारिसका आधारमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मन्त्रिपरिषद्को कार्यविभाजन स्वीकृत गरेका छन्। नयाँ संरचनाअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित प्रदेशमा अब ८ वटा मन्त्रालय रहनेछन्। सरकारका १४ मन्त्रीमध्ये ८ जनाले मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् भने बाँकी ६ जनालाई हालका लागि विनाविभागीय मन्त्रीका रूपमा राखिएको छ। उनीहरूलाई मुख्यमन्त्रीको मातहतमा अतिरिक्त जिम्मेवारी दिइने बताइएको छ। मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार सत्ता साझेदारीसँग सम्बन्धित राजनीतिक जटिलता समाधान भएपछि विनाविभागीय मन्त्रीहरूको जिम्मेवारी पुनः हेरफेर गरिनेछ। नयाँ…
Read More
सत्ता सहकार्यको प्रस्तावबीच नेकपा संसदीय दलको बैठक बस्दै

सत्ता सहकार्यको प्रस्तावबीच नेकपा संसदीय दलको बैठक बस्दै

३२ असार, काठमाडौं — सुदूरपश्चिम प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक आज बस्ने भएको छ। बिहान ११ बजे संसदीय दलको कार्यालयमा हुने बैठकमा पछिल्लो सत्ता समीकरण तथा बजेटसम्बन्धी विषयमा छलफल गरिने जनाइएको छ। बुधबार मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरूलाई पदमुक्त गरेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यसपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहले प्रमुख प्रतिपक्षी नेकपासँग सत्ता सहकार्यका लागि प्रस्ताव गरेका छन्। मुख्यमन्त्री शाहले चालु आर्थिक वर्षको बजेट पारित गर्न सहयोग गर्न र त्यसपछि सत्ता सहकार्य गर्ने प्रस्ताव राखेका थिए। तर नेकपाले उक्त प्रस्ताव स्वीकार गरेको छैन। यद्यपि सत्ता समीकरणबारे दुवै पक्षका नेताहरूबीच अनौपचारिक छलफल भने निरन्तर भइरहेको…
Read More
पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम थालेको छ : प्रधानमन्त्री

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम थालेको छ : प्रधानमन्त्री

३१ असार, काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले द्रुत गतिमा काम अघि बढाएको बताएका छन्। साथै, होटल व्यवसायीहरूले लामो समयदेखि उठाउँदै आएका चिन्ताहरू क्रमशः समाधान हुने विश्वास पनि व्यक्त गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज होटल एसोसिएसन नेपाल (हान) का पदाधिकारीसँग भएको छलफलमा उनले निजी क्षेत्रलाई राज्यको महत्वपूर्ण साझेदारका रूपमा अघि बढ्न आग्रह गरे। प्रधानमन्त्री शाहले व्यवसायीलाई कानुनको पालना गर्दै आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न, साना तथा मझौला होटललाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा गर्न सकिने सहकार्यबारे अध्ययन गर्न सुझाव दिए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको…
Read More
ममता सरकारको कार्यकालमाथि छानबिन गर्न आयोग बनाइयो

ममता सरकारको कार्यकालमाथि छानबिन गर्न आयोग बनाइयो

३१ असार, काठमाडौं — पश्चिम बङ्गाल सरकारले ममता बनर्जी नेतृत्वको सरकारको कार्यकालमा लागेको भनिएको भ्रष्टाचारसम्बन्धी आरोपहरूको छानबिन गर्न आयोग गठन गरेको छ। आयोगको अध्यक्षमा कलकत्ता उच्च अदालतका सेवानिवृत्त न्यायाधीश विश्वजीत बसुलाई नियुक्त गरिएको छ। राज्य सचिवालयले गत जुलाई १० मा जारी गरेको विज्ञप्तिअनुसार आयोगले सन् २०११ देखि यस वर्षको मे महिनासम्म लागेका भ्रष्टाचारका आरोपहरूको अनुसन्धान गर्नेछ। अनुसन्धानको दायरामा शिक्षा, खाद्य तथा आपूर्ति, राहत तथा विपद् व्यवस्थापन, नगरपालिका, पञ्चायत, आवास तथा मत्स्यपालनसँग सम्बन्धित कामकारबाही समेटिएका छन्। गृह मन्त्रालयका एक अधिकारीका अनुसार आयोगले विभिन्न क्षेत्रमा उठेका भ्रष्टाचारका आरोपहरूको छानबिन गर्नेछ। यसमा घुसखोरी, अम्फान आँधीपछि वितरण गरिएको राहतमा भएको भनिएको अनियमितता तथा १००…
Read More
प्रधानमन्त्री बालेन र रवि लामिछानेविरुद्ध एमालेको नियमापत्ति

प्रधानमन्त्री बालेन र रवि लामिछानेविरुद्ध एमालेको नियमापत्ति

३० असार, काठमाडौं — नेकपा एमालेले प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रतिनिधिसभा बैठकमा प्रवेश गर्ने क्रममा नियमावली उल्लंघन भएको भन्दै सभामुखसँग रुलिङको माग गरेको छ। प्रतिनिधिसभा बैठकमा एमाले सांसद ऐन महरले प्रतिनिधिसभा नियमावलीको नियम २० को खण्ड (छ) उल्लंघन भएको दाबी गरे। उनका अनुसार उक्त व्यवस्थामा सभामुखको आसन र बोलिरहेका सदस्यको बीचबाट हिँड्न नपाइने उल्लेख छ। महरले राप्रपाकी सांसद खुश्बु ओलीले आफ्नो धारणा राखिरहेका बेला प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछाने सोही स्थानबाट हिँडेर प्रवेश गरेको भन्दै नियम उल्लंघन भएको बताए। यस विषयमा सभामुखको ध्यानाकर्षण गराउँदै उनले आवश्यक रुलिङ गर्न पनि…
Read More
रवि लामिछानेसँगै संसद् बैठकमा पुगे बालेन

रवि लामिछानेसँगै संसद् बैठकमा पुगे बालेन

३० असार, काठमाडौं — प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभा बैठकमा सहभागी हुन संसद् पुगेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगै बैठकमा सहभागी हुन पुगेका हुन्। उनीहरू केहीबेरअघि प्रतिनिधिसभा बैठकमा पुगेका थिए। प्रधानमन्त्री बालेन बैठकमा उपस्थित हुने विषयमा यसअघि कुनै औपचारिक जानकारी सार्वजनिक गरिएको थिएन।
Read More
बसपार्क क्षेत्रमा बस्दै आएका २३३ परिवारको नाममा अन्यत्र जग्गा रहेको प्रतिवेदन

बसपार्क क्षेत्रमा बस्दै आएका २३३ परिवारको नाममा अन्यत्र जग्गा रहेको प्रतिवेदन

२६ असार, काठमाडौं — पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुमबासीहरूको अवस्था अध्ययन गर्न गठित समितिले आफ्नो प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ। करिब डेढ महिनाको अध्ययनपछि प्रतिवेदन तयार गरिएको हो। महानगरपालिकाको प्रशासन महाशाखा प्रमुख तथा समितिका संयोजक कृष्ण तिवारीको नेतृत्वमा गरिएको अध्ययनले बसपार्क क्षेत्रमा बस्दै आएका २३३ परिवारको नाममा अन्यत्र पनि जग्गा रहेको देखाएको छ। छानबिनका क्रममा वडा कार्यालयबाट सिफारिस भएका ५७४ वटा निवेदनको विस्तृत अध्ययन गरिएको थियो। समितिले जिल्ला प्रशासन कार्यालयको केन्द्रीय नागरिकता सूचना प्रणाली र भूमि प्रशासन कार्यालयको भूमि अभिलेख सूचना प्रणालीमार्फत आवेदकहरूको विवरण अध्ययन गरी प्रतिवेदन तयार गरेको हो। संयोजक तिवारीका अनुसार सरकारी डिजिटल प्रणालीमार्फत विवरण…
Read More
सरकारले ४ वटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी

सरकारले ४ वटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी

२५ असार, काठमाडौं — सरकारले चार वटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी गरेको छ। यसका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’ संसद्मा प्रस्तुत गरेका छन्। विधेयकको दफा ५ मा ऐन तथा नियमावली खारेज गर्ने र त्यससँग सम्बन्धित बचाउका प्रावधान समावेश गरिएको छ। विधेयकमा निम्न चार वटा ऐन खारेज गर्ने प्रस्ताव गरिएको छः प्रादेशिक विकास योजनाहरू (कार्यान्वित गर्ने) ऐन, २०१३ नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन, २०१४ आय टिकट दस्तुर ऐन, २०१९ राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ वित्तीय मध्यस्थताको काम गर्ने संस्था सम्बन्धी ऐन, २०५५ यससँगै राजस्व चुहावट…
Read More
विरोधको शैली परिवर्तन गर्न सभामुख अर्यालको आग्रह

विरोधको शैली परिवर्तन गर्न सभामुख अर्यालको आग्रह

२५ असार, काठमाडौं — सभामुख डोलप्रसाद अर्यालले संसद्मा विरोध गर्ने शैली परिवर्तन गर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सीमा विवादसम्बन्धी अभिव्यक्तिमाथि प्रश्न उठाउँदै विपक्षी दलहरूले पछिल्ला ४० दिनदेखि प्रतिनिधिसभा बैठकको सुरुमै विरोध जनाउँदै आएका छन्। लगातार एउटै विषयमा सबै विपक्षी सांसदहरूले बोल्दै विरोध गर्दै आएपछि सभामुख अर्यालले बिहीबार विपक्षी दलको तर्फबाट एक जनाले मात्रै धारणा राख्ने र त्यसपछि बैठकको नियमित कार्यसूची अघि बढाउने प्रस्ताव गरेका थिए। सोही प्रस्तावअनुसार सभामुखले नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीलाई बोल्न समय दिएका थिए। तर, विपक्षी दलहरूले एक जनाले मात्रै बोल्ने प्रस्तावमा सहमति जनाएनन्। त्यसपछि सभामुख अर्यालले विरोध गर्ने शैलीमा परिवर्तन…
Read More