२०८३ बैशाख १५
२०८३ बैशाख १५
१५ वैशाख, काठमाडौं — त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार मध्याह्नसम्म एक हजारभन्दा बढी परिवारले आफूलाई सुकुम्बासीका रूपमा दर्ता गराएका छन्। सरकारले सुरक्षा बल प्रयोग गरी थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायत क्षेत्रका सुकुम्बासी बस्ती हटाएपछि विस्थापित भएका परिवारहरू सम्पर्कमा आउने क्रम बढेको हो। विवरण संकलनमा संलग्न एक अधिकारीका अनुसार हालसम्म १०७८ परिवारले आफूलाई सुकुम्बासीको रूपमा दर्ता गराएका छन्। उनका अनुसार एक परिवारमा औसत चार सदस्य रहने भएकाले हालसम्म चार हजारभन्दा बढी व्यक्तिको विवरण संकलन भइसकेको छ, जसमा १५ सयभन्दा बढी बालबालिका रहेका छन्। आवास तथा खाद्य व्यवस्थापन गर्न असमर्थ परिवारहरूको पहिचान गर्न सरकारले दशरथ रंगशालामा हेल्प डेस्क स्थापना गरेको छ। त्यहाँ दर्ता…