बस्ती हटाएपछि विस्थापित सुकुम्बासीको संख्या बढ्दो

बस्ती हटाएपछि विस्थापित सुकुम्बासीको संख्या बढ्दो

१५ वैशाख, काठमाडौं — त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार मध्याह्नसम्म एक हजारभन्दा बढी परिवारले आफूलाई सुकुम्बासीका रूपमा दर्ता गराएका छन्। सरकारले सुरक्षा बल प्रयोग गरी थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायत क्षेत्रका सुकुम्बासी बस्ती हटाएपछि विस्थापित भएका परिवारहरू सम्पर्कमा आउने क्रम बढेको हो। विवरण संकलनमा संलग्न एक अधिकारीका अनुसार हालसम्म १०७८ परिवारले आफूलाई सुकुम्बासीको रूपमा दर्ता गराएका छन्। उनका अनुसार एक परिवारमा औसत चार सदस्य रहने भएकाले हालसम्म चार हजारभन्दा बढी व्यक्तिको विवरण संकलन भइसकेको छ, जसमा १५ सयभन्दा बढी बालबालिका रहेका छन्। आवास तथा खाद्य व्यवस्थापन गर्न असमर्थ परिवारहरूको पहिचान गर्न सरकारले दशरथ रंगशालामा हेल्प डेस्क स्थापना गरेको छ। त्यहाँ दर्ता…
Read More
गगन नेतृत्वपछि खड्का समूहको सक्रियता बढ्दो

गगन नेतृत्वपछि खड्का समूहको सक्रियता बढ्दो

१५ वैशाख, काठमाडौं — नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको समूहको बैठक सुरु भएको छ। धुम्बाराहीस्थित होटल स्मार्टमा भइरहेको उक्त बैठकमा समूहका शीर्ष नेताहरू, १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिहरू तथा उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरूको सहभागिता रहेको छ। यसअघि ६ वैशाखमा सोही स्थानमा आयोजित भेलाले ‘पर्ख र हेर’ को रणनीति अपनाउने निष्कर्ष निकालेको थियो। विशेष महाधिवेशनमार्फत गगन थापाको नेतृत्वमा पार्टी पुनर्गठन भएपछि खड्का असन्तुष्ट देखिँदै आएका छन्। उनले उक्त महाधिवेशन खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। तर, सर्वोच्च अदालतले रिट खारेज गर्दै गगन थापाको नेतृत्वलाई वैधानिक मान्यता दिएपछि पनि खड्काले आफ्नो समूहभित्र बैठक तथा…
Read More
क्रिकेट मैदान खाली नहुने, सम्झौता नवीकरण गर्ने सरकारको तयारी

क्रिकेट मैदान खाली नहुने, सम्झौता नवीकरण गर्ने सरकारको तयारी

१४ वैशाख, काठमाडौं — सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानबारे नेपाल क्रिकेट संघ (क्यान)सँग पुनः भाडा सम्झौता गरिने स्पष्ट पारेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री सस्मित पोखरेलले आज बिहान त्रिविका उपकुलपतिसहित उच्च अधिकारीहरूसँग छलफल भएको र त्यसमा सकारात्मक सहमति बनेको जानकारी दिए। उनका अनुसार क्रिकेट मैदान खाली गराउने कुनै योजना छैन, बरु हालको भाडा सम्झौतालाई नै नवीकरण गर्ने तयारी भइरहेको छ। राज्यको ठूलो लगानी रहेको संरचना भएकाले यसको व्यवस्थापन पनि समन्वयमै अघि बढाइने उनले बताए। सरकारले अतिक्रमित सार्वजनिक जग्गा फिर्ता ल्याउने अभियान सुरु गरेपछि त्रिविले गत ४ वैशाखमा सूचना जारी गर्दै…
Read More
संसदीय दलको नेता चयनमा कांग्रेसभित्र मतभेद चर्किँदै

संसदीय दलको नेता चयनमा कांग्रेसभित्र मतभेद चर्किँदै

१४ वैशाख, काठमाडौं — नेपाली कांग्रेसले आज संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ। यसका लागि बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ भने दिउँसो १ बजे संसदीय दलको बैठक बस्नेछ। कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार आजको बैठकको मुख्य उद्देश्य दलको नेता छनोट गर्नु हो। लामो समयदेखि सहमतिको प्रयास भइरहे पनि अहिलेसम्म नेता चयन हुन सकेको छैन। यसअघि नेता चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको भए पनि गत शुक्रबार अन्तिम समयमा प्रक्रिया स्थगित गरिएको थियो। अब भने सभापति गगनकुमार थापाले कार्यसम्पादन समिति बैठकमा नै दलको नेताको नाम घोषणा गर्ने तयारी गरिएको छ। सभापतिले घोषणा गरेको…
Read More
शनिबारदेखि सुरु बस्ती हटाउने काम सोमबार पनि जारी

शनिबारदेखि सुरु बस्ती हटाउने काम सोमबार पनि जारी

१३ वैशाख, काठमाडौं — राजधानीका सुकुमबासी बस्तीहरूमा आज पनि डोजर प्रयोग गरी संरचना हटाउने काम जारी राखिएको छ। सार्वजनिक जग्गा अतिक्रमण हटाउन यस्तो कदम चालिएको हो। गैरीगाउँ क्षेत्रमा सोमबार बिहानदेखि दुई वटा डोजर प्रयोग गरेर सुकुमबासी बस्ती हटाउने काम भइरहेको छ। त्यस्तै, भक्तपुरको मनोहरा क्षेत्रमा रहेका सुकुमबासी बस्तीमा १७ वटा डोजर प्रयोग गरी घरटहरा भत्काइँदै छन्। मनोहरा बस्तीमा आइतबार बिहानदेखि नै हटाउने काम सुरु गरिएको थियो भने गैरीगाउँ र थापाथलीका बस्तीमा शनिबारदेखि नै डोजर चलाइएको थियो।
Read More
दशरथ रंगशालामा सुकुमवासीको स्क्रिनिङ, स्वास्थ्य जाँच जारी

दशरथ रंगशालामा सुकुमवासीको स्क्रिनिङ, स्वास्थ्य जाँच जारी

१३ वैशाख, काठमाडौं — उपत्यकाका विभिन्न अव्यवस्थित बस्ती हटाएपछि सरकारले भूमिहीन र सुकुमवासीहरूको पहिचान प्रक्रिया सुरु गरेको छ। शनिबार बिहानदेखि नदी किनारमा रहेका सुकुमवासी बस्ती खाली गराइएको छ। त्यसपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विशेष डेस्क स्थापना गरी वास्तविक सुकुमवासी को हुन् भनेर विवरण संकलन र स्क्रिनिङ भइरहेको छ। यस क्रममा रंगशालामा आएका सुकुमवासीहरूलाई स्वास्थ्य सेवा पनि उपलब्ध गराइएको छ। उनीहरूको शारीरिक तथा मानसिक अवस्था बुझ्न स्वास्थ्यकर्मीहरूको टोली खटाइएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार काठमाडौं महानगरपालिकाले स्वास्थ्य परीक्षणका लागि टोली परिचालन गरेको छ। हालसम्म कम रक्तचाप भएका ६ जना (४ पुरुष र २ महिला), ढाड तथा जोर्नी दुखाइ भएका २ पुरुष,…
Read More
एन्फा अध्यक्ष नेम्बाङसहित २४ जनाको पासपोर्ट कालोसूचीमा

एन्फा अध्यक्ष नेम्बाङसहित २४ जनाको पासपोर्ट कालोसूचीमा

१३ वैशाख, काठमाडौं — अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्बाङसहित २४ जना पदाधिकारीको पासपोर्ट कालोसूचीमा राखिएको छ। अध्यागमन विभागका अनुसार शुक्रबार एन्फासँग सम्बन्धित २४ जनाको पासपोर्ट कालोसूचीमा राख्न अनुरोध प्राप्त भएको थियो र सोही आधारमा उनीहरूको नाम कालोसूचीमा समावेश गरिएको हो। यसअघि राष्ट्रिय खेलकुद परिषदले एन्फासम्बन्धी विषयमा छानबिन गर्न कमल भट्टराईको नेतृत्वमा तीन सदस्यीय उपसमिति गठन गरेको थियो। उक्त समितिले आर्थिक अनियमितताको आशंकामा नेम्बाङसहितका पदाधिकारीको पासपोर्ट कालोसूचीमा राख्न सिफारिस गरेको बताइएको छ। यो सिफारिस युवा तथा खेलकुद मन्त्रालय हुँदै गृह मन्त्रालयमा पुगेको थियो। त्यसपछि गृह मन्त्रालयको निर्देशनअनुसार अध्यागमन विभागले एन्फाका पदाधिकारीहरूको पासपोर्ट कालोसूचीमा राखेको हो। अध्यागमन स्रोतका…
Read More
एनसेल प्रतिवेदनमाथि गम्भीर बहस: तथ्य कि धारणा?

एनसेल प्रतिवेदनमाथि गम्भीर बहस: तथ्य कि धारणा?

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका निष्कर्ष, प्रयोग गरिएको आधार र कानुनी व्याख्यालाई लिएर देशभर गम्भीर बहस सुरु भएको छ। प्रतिवेदनमा उठाइएका विषयहरू सतहमा हेर्दा गम्भीर देखिए पनि त्यसको विश्लेषण गर्ने तरिका, प्रयोग गरिएका तथ्य र निष्कर्ष निकाल्ने शैलीप्रति विभिन्न क्षेत्रबाट प्रश्न उठ्न थालेका छन्। धेरैले यसलाई पूर्ण तथ्यभन्दा धारणा र अपूर्ण जानकारीमा आधारित प्रतिवेदनका रूपमा व्याख्या गरेका छन्। पूर्व महालेखापरीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा बनेको समितिको मुख्य जिम्मेवारी एनसेलको सेयर कारोबारमा प्रचलित कानुन पालना भएको छ वा छैन भन्ने अध्ययन गर्नु र त्यसको प्रभाव मूल्याङ्कन गर्नु थियो।…
Read More
बस्ती हटाउने तयारीबीच रास्वपाको स्पष्ट धारणा सार्वजनिक

बस्ती हटाउने तयारीबीच रास्वपाको स्पष्ट धारणा सार्वजनिक

११ वैशाख, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले सुकुमवासीको नाममा सार्वजनिक ठाउँ ओगटेर बस्ने र आफूलाई गरिब भनेर अनैतिक काम गर्नेहरूलाई कानुनी कारबाहीमा ल्याउनुपर्ने बताएका छन्। काठमाडौंका सुकुमवासी बस्ती हटाउने सरकारी तयारीबारे बोल्दै उनले आश्रय लिने र अवैध रूपमा ठाउँ कब्जा गर्नेबीच फरक छुट्याउन आवश्यक रहेको बताए। उनका अनुसार, सरकारले सुकुमवासीका लागि वैकल्पिक र व्यवस्थित बसोबासको व्यवस्था गरिरहेको छ। झाले भने, “यदि कोही साँच्चिकै सुकुमवासी हुन् र समस्या भोगिरहेका छन् भने उनीहरूप्रति सहानुभूति देखाउनु मात्रै होइन, सरकारको दायित्व नै उनीहरूको संरक्षण गर्नु हो।” उनले सुकुमवासीहरूको पहिचान (सूचीकरण) गरी व्यवस्थित रूपमा व्यवस्थापन गर्दै संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याए।…
Read More
बल प्रयोग भए प्रतिकार गर्ने मोर्चाको अडान

बल प्रयोग भए प्रतिकार गर्ने मोर्चाको अडान

१० वैशाख, काठमाडौं — संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले सरकारले बल प्रयोग गरी बस्ती हटाउने प्रयास गरे प्रतिवाद गर्ने चेतावनी दिएको छ। बिहीबार दिउँसो शंखमूलस्थित एक कार्यालयमा बसेको मोर्चाको बैठकमा यस विषयमा छलफल गरिएको हो। मोर्चाका उपाध्यक्ष पवन गुरुङका अनुसार सञ्चारमाध्यममा बस्ती हटाउने सरकारको तयारीसम्बन्धी समाचार सार्वजनिक भएपछि उक्त बैठक आह्वान गरिएको थियो। गुरुङका अनुसार बैठकमा प्रारम्भमा सरकारको निर्णय आधिकारिक हो वा होइन भन्ने विषयमा छलफल भएको थियो। उनले भने, “यदि उक्त निर्णय आधिकारिक भएको पुष्टि भई बल प्रयोग गरेर बस्ती हटाउने प्रयास गरिएमा हामी प्रतिरक्षाका लागि आवश्यक कदम चाल्न तयार छौँ र त्यसको प्रतिरोध गर्नेछौँ।” यसैबीच, प्रधानमन्त्री शाहले सुरक्षा निकायका…
Read More