बस्ती हटाएपछि विस्थापित सुकुम्बासीको संख्या बढ्दो

१५ वैशाख, काठमाडौं — त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार मध्याह्नसम्म एक हजारभन्दा बढी परिवारले आफूलाई सुकुम्बासीका रूपमा दर्ता गराएका छन्।

सरकारले सुरक्षा बल प्रयोग गरी थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायत क्षेत्रका सुकुम्बासी बस्ती हटाएपछि विस्थापित भएका परिवारहरू सम्पर्कमा आउने क्रम बढेको हो।

विवरण संकलनमा संलग्न एक अधिकारीका अनुसार हालसम्म १०७८ परिवारले आफूलाई सुकुम्बासीको रूपमा दर्ता गराएका छन्। उनका अनुसार एक परिवारमा औसत चार सदस्य रहने भएकाले हालसम्म चार हजारभन्दा बढी व्यक्तिको विवरण संकलन भइसकेको छ, जसमा १५ सयभन्दा बढी बालबालिका रहेका छन्।

आवास तथा खाद्य व्यवस्थापन गर्न असमर्थ परिवारहरूको पहिचान गर्न सरकारले दशरथ रंगशालामा हेल्प डेस्क स्थापना गरेको छ। त्यहाँ दर्ता प्रक्रिया पूरा भएपछि उनीहरूलाई विभिन्न पाँचवटा ‘होल्डिङ सेन्टर’ मा अस्थायी रूपमा बसोबासको व्यवस्था गरिएको छ।

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले रंगशालाको पश्चिमी भागमा छुट्टाछुट्टै डेस्क स्थापना गरी विवरण संकलन गरिरहेका छन्।

यसैबीच, रंगशालामा स्वास्थ्य परीक्षण तथा भोजन व्यवस्थाका लागि छुट्टै डेस्क सञ्चालनमा छन्, जसको समन्वय काठमाडौं महानगरपालिकाले गरिरहेको छ।

थापाथलीबाट विस्थापित अधिकांश परिवारहरू यहाँ आइपुगेका छन् भने सिनामंगल, गैरीगाउँ र शान्तिनगर क्षेत्रबाट आउने क्रम अझै जारी रहेको छ। विशेषगरी आइतबारदेखि ती क्षेत्रबाट आउनेको संख्या उल्लेखनीय रूपमा बढेको छ।

दर्ता प्रक्रिया पूरा गरेका परिवारहरूलाई कीर्तिपुरस्थित होल्डिङ सेन्टरका साथै माछापोखरी र नयाँ बसपार्क क्षेत्रका विभिन्न होटल तथा लजमा राख्ने व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

बस्ती हटाएपछि विस्थापित सुकुम्बासीको संख्या बढ्दो

बस्ती हटाएपछि विस्थापित सुकुम्बासीको संख्या बढ्दो

१५ वैशाख, काठमाडौं — त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार मध्याह्नसम्म एक हजारभन्दा बढी परिवारले आफूलाई सुकुम्बासीका रूपमा दर्...
गगन नेतृत्वपछि खड्का समूहको सक्रियता बढ्दो

गगन नेतृत्वपछि खड्का समूहको सक्रियता बढ्दो

१५ वैशाख, काठमाडौं — नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको समूहको बैठक सुरु भएको छ। धुम्बाराहीस्थित हो...
क्रिकेट मैदान खाली नहुने, सम्झौता नवीकरण गर्ने सरकारको तयारी

क्रिकेट मैदान खाली नहुने, सम्झौता नवीकरण गर्ने सरकारको तयारी

१४ वैशाख, काठमाडौं — सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानबारे नेपाल क्रिकेट संघ (क्यान)सँग पुनः भाडा सम्झौता गरिन...
संसदीय दलको नेता चयनमा कांग्रेसभित्र मतभेद चर्किँदै

संसदीय दलको नेता चयनमा कांग्रेसभित्र मतभेद चर्किँदै

१४ वैशाख, काठमाडौं — नेपाली कांग्रेसले आज संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ। यसका लागि बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन ...