गगन नेतृत्वपछि खड्का समूहको सक्रियता बढ्दो

१५ वैशाख, काठमाडौं — नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको समूहको बैठक सुरु भएको छ।

धुम्बाराहीस्थित होटल स्मार्टमा भइरहेको उक्त बैठकमा समूहका शीर्ष नेताहरू, १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिहरू तथा उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरूको सहभागिता रहेको छ।

यसअघि ६ वैशाखमा सोही स्थानमा आयोजित भेलाले ‘पर्ख र हेर’ को रणनीति अपनाउने निष्कर्ष निकालेको थियो।

विशेष महाधिवेशनमार्फत गगन थापाको नेतृत्वमा पार्टी पुनर्गठन भएपछि खड्का असन्तुष्ट देखिँदै आएका छन्। उनले उक्त महाधिवेशन खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। तर, सर्वोच्च अदालतले रिट खारेज गर्दै गगन थापाको नेतृत्वलाई वैधानिक मान्यता दिएपछि पनि खड्काले आफ्नो समूहभित्र बैठक तथा छलफललाई निरन्तरता दिँदै आएका छन्।

उनका यी गतिविधिलाई संस्थापन पक्षले अनुशासनविपरीत ठहर गर्दै स्पष्टीकरणसमेत माग गरेको थियो। यद्यपि, खड्काले त्यसबारे कुनै स्पष्टीकरण पेश गरेका छैनन्।

यसबीच, ६ वैशाखमा सभापति गगन थापा खड्काको गोल्फुटारस्थित निवासमा पुगेर भेटघाट गरेका थिए। दुई नेताबीच भएको उक्त भेटबारे हालसम्म सार्वजनिक रूपमा कुनै विवरण बाहिर आएको छैन।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

बस्ती हटाएपछि विस्थापित सुकुम्बासीको संख्या बढ्दो

बस्ती हटाएपछि विस्थापित सुकुम्बासीको संख्या बढ्दो

१५ वैशाख, काठमाडौं — त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार मध्याह्नसम्म एक हजारभन्दा बढी परिवारले आफूलाई सुकुम्बासीका रूपमा दर्...
गगन नेतृत्वपछि खड्का समूहको सक्रियता बढ्दो

गगन नेतृत्वपछि खड्का समूहको सक्रियता बढ्दो

१५ वैशाख, काठमाडौं — नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको समूहको बैठक सुरु भएको छ। धुम्बाराहीस्थित हो...
क्रिकेट मैदान खाली नहुने, सम्झौता नवीकरण गर्ने सरकारको तयारी

क्रिकेट मैदान खाली नहुने, सम्झौता नवीकरण गर्ने सरकारको तयारी

१४ वैशाख, काठमाडौं — सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानबारे नेपाल क्रिकेट संघ (क्यान)सँग पुनः भाडा सम्झौता गरिन...
संसदीय दलको नेता चयनमा कांग्रेसभित्र मतभेद चर्किँदै

संसदीय दलको नेता चयनमा कांग्रेसभित्र मतभेद चर्किँदै

१४ वैशाख, काठमाडौं — नेपाली कांग्रेसले आज संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ। यसका लागि बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन ...