क्रिकेट मैदान खाली नहुने, सम्झौता नवीकरण गर्ने सरकारको तयारी

१४ वैशाख, काठमाडौं — सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानबारे नेपाल क्रिकेट संघ (क्यान)सँग पुनः भाडा सम्झौता गरिने स्पष्ट पारेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री सस्मित पोखरेलले आज बिहान त्रिविका उपकुलपतिसहित उच्च अधिकारीहरूसँग छलफल भएको र त्यसमा सकारात्मक सहमति बनेको जानकारी दिए।

उनका अनुसार क्रिकेट मैदान खाली गराउने कुनै योजना छैन, बरु हालको भाडा सम्झौतालाई नै नवीकरण गर्ने तयारी भइरहेको छ। राज्यको ठूलो लगानी रहेको संरचना भएकाले यसको व्यवस्थापन पनि समन्वयमै अघि बढाइने उनले बताए।

सरकारले अतिक्रमित सार्वजनिक जग्गा फिर्ता ल्याउने अभियान सुरु गरेपछि त्रिविले गत ४ वैशाखमा सूचना जारी गर्दै सम्बन्धित निकायलाई जग्गा खाली गर्न निर्देशन दिएको थियो।

सोही प्रक्रियाअनुसार त्रिविको रजिस्ट्रार कार्यालयअन्तर्गत सामान्य प्रशासन महाशाखाले क्यानलाई पनि पत्र पठाएको हो। त्रिवि र क्यानबीच भएको हालको सम्झौता यही वैशाख मसान्तमा सकिने भएकाले अब नयाँ सम्झौता गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

क्रिकेट मैदान खाली नहुने, सम्झौता नवीकरण गर्ने सरकारको तयारी

क्रिकेट मैदान खाली नहुने, सम्झौता नवीकरण गर्ने सरकारको तयारी

१४ वैशाख, काठमाडौं — सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानबारे नेपाल क्रिकेट संघ (क्यान)सँग पुनः भाडा सम्झौता गरिन...
संसदीय दलको नेता चयनमा कांग्रेसभित्र मतभेद चर्किँदै

संसदीय दलको नेता चयनमा कांग्रेसभित्र मतभेद चर्किँदै

१४ वैशाख, काठमाडौं — नेपाली कांग्रेसले आज संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ। यसका लागि बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन ...
शनिबारदेखि सुरु बस्ती हटाउने काम सोमबार पनि जारी

शनिबारदेखि सुरु बस्ती हटाउने काम सोमबार पनि जारी

१३ वैशाख, काठमाडौं — राजधानीका सुकुमबासी बस्तीहरूमा आज पनि डोजर प्रयोग गरी संरचना हटाउने काम जारी राखिएको छ। सार्वजनिक जग्गा अतिक्...
दशरथ रंगशालामा सुकुमवासीको स्क्रिनिङ, स्वास्थ्य जाँच जारी

दशरथ रंगशालामा सुकुमवासीको स्क्रिनिङ, स्वास्थ्य जाँच जारी

१३ वैशाख, काठमाडौं — उपत्यकाका विभिन्न अव्यवस्थित बस्ती हटाएपछि सरकारले भूमिहीन र सुकुमवासीहरूको पहिचान प्रक्रिया सुरु गरेको छ। श...