बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २४ यात्रु घाइते

काठमाडौं, असार ७ — बाजुराको बुढीगंगा नगरपालिका–१० स्थित रिठा बजार नजिक आइतबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्।

प्रहरीका अनुसार पवनदूत यातायातको सुपप्र ०२–००१ ख १३५५ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो। प्रारम्भिक अनुसन्धानमा बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको देखिएको प्रहरीले जनाएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार दुर्घटनाका बेला बसमा ३५ जना सवार थिए। तीमध्ये २४ जना घाइते भएका छन्।

घाइतेमध्ये २३ जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ भने एक जनालाई थप उपचारका लागि अछामस्थित बयलपाटा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण संकलन गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

महाधिवेशन व्यवस्थापनमाथि आलोचना, प्रतिनिधिको सहभागिता घट्यो

महाधिवेशन व्यवस्थापनमाथि आलोचना, प्रतिनिधिको सहभागिता घट्यो

११ असार, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ। ९९ जना के...
चौथो विश्वकपमा दक्षिण अफ्रिकाको पहिलो नकआउट यात्रा

चौथो विश्वकपमा दक्षिण अफ्रिकाको पहिलो नकआउट यात्रा

११ असार, काठमाडौं — दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई पराजित गर्दै पहिलोपटक फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको ...
फिफाद्वारा एन्फा निलम्बित, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता रोकियो

फिफाद्वारा एन्फा निलम्बित, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता रोकियो

११ असार, काठमाडौं — विश्व फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई तत्काल प्रभावबाट निलम्बन गरेको छ। फिफाले बुधबार ए...
मुनोजको निर्णायक गोलमा कोलम्बिया अन्तिम १६ मा

मुनोजको निर्णायक गोलमा कोलम्बिया अन्तिम १६ मा

काठमाडौं, असार १० — ड्यानिएल मुनोजको दोस्रो हाफको निर्णायक गोलमा कोलम्बियाले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा डिआर कं...