चितवनमा रास्वपाको ऐतिहासिक महाधिवेशन सुरु, रवि–बालेनले बजाए घण्टी

चितवनमा रास्वपाको ऐतिहासिक महाधिवेशन सुरु, रवि–बालेनले बजाए घण्टी

काठमाडौं, असार ७ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन आइतबार चितवनमा औपचारिक रूपमा सुरु भएको छ। भरतपुरस्थित गेष्टहाउस चौरमा आयोजित उद्घाटन समारोहमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशनको शुभारम्भ गरेका हुन्। देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट आएका प्रतिनिधि र नेता–कार्यकर्ताको उपस्थितिमा उद्घाटन समारोह सम्पन्न भएको थियो। महाधिवेशनस्थलमा पार्टीका झण्डा, ब्यानर र नेतृत्वका तस्बिरसहित विशेष सजावट गरिएको थियो। तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनमा पार्टीको नयाँ नेतृत्व चयन, विधान संशोधन, नीतिगत प्रस्ताव तथा आगामी राजनीतिक कार्यदिशामाथि छलफल हुने कार्यक्रम छ। यसअघि केन्द्रीय समितिले पार्टीको सांगठनिक संरचना विस्तार, महिला सहभागिता सुनिश्चित…
Read More
बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २४ यात्रु घाइते

बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २४ यात्रु घाइते

काठमाडौं, असार ७ — बाजुराको बुढीगंगा नगरपालिका–१० स्थित रिठा बजार नजिक आइतबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्। प्रहरीका अनुसार पवनदूत यातायातको सुपप्र ०२–००१ ख १३५५ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो। प्रारम्भिक अनुसन्धानमा बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको देखिएको प्रहरीले जनाएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार दुर्घटनाका बेला बसमा ३५ जना सवार थिए। तीमध्ये २४ जना घाइते भएका छन्। घाइतेमध्ये २३ जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ भने एक जनालाई थप उपचारका लागि अछामस्थित बयलपाटा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण र…
Read More
महाधिवेशनमार्फत संगठन विस्तार र नयाँ रणनीति तय गर्दै रास्वपा

महाधिवेशनमार्फत संगठन विस्तार र नयाँ रणनीति तय गर्दै रास्वपा

काठमाडौं, असार ७ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ। भरतपुरस्थित गेष्टहाउस चौरमा हुने महाधिवेशनमा देशभर तथा विदेशस्थित सम्पर्क समितिबाट छनोट भएका चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। पार्टीका अनुसार महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम छ। उद्घाटन समारोहका लागि आवश्यक व्यवस्थापन, प्रतिनिधिको आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायत तयारी पूरा भएको रास्वपाले जनाएको छ। प्रवक्ता मनिष झाले महाधिवेशनका लागि जिल्ला, प्रदेश र विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोट प्रक्रिया सम्पन्न भइसकेको जानकारी दिए। उनका अनुसार राजनीतिक, आर्थिक, सांगठनिक तथा विधानसम्बन्धी प्रतिवेदन पनि प्रस्तुत गर्न तयार…
Read More