सुनसरी घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

१९ साउन, काठमाडौं — सुनसरी घटनामा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार २२ वर्षीय रवीन्द्र मेहेताको मंगलबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो।

प्रहरीका अनुसार घटनामा घाइते भएका अर्का एक जनाको भने वीर अस्पतालमा उपचार भइरहेको छ।

यसअघि सुनसरी घटनासँग सम्बन्धित हिंसामा सुनसरीमा दुई जना र सिरहामा एक जनाको मृत्यु भएको थियो। सुनसरीको कप्तानगञ्जमा ओमप्रकाश मेहेता र जयप्रकाश मेहेताको ज्यान गएको थियो भने सिरहामा गणेश यादवको मृत्यु भएको थियो।

रवीन्द्र मेहेताको निधनसँगै यस आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या चार पुगेको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सुनसरी घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

सुनसरी घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

१९ साउन, काठमाडौं — सुनसरी घटनामा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिली...
सरकारले गर्दैछ २० राजदूत नियुक्तिको तयारी

सरकारले गर्दैछ २० राजदूत नियुक्तिको तयारी

१९ साउन, काठमाडौं — सरकारले रिक्त रहेका २० वटा राजदूत पदमा नियुक्तिका लागि सिफारिस गर्ने अन्तिम तयारी गरेको छ। परराष्ट्र मन्त्राल...
२० वाणिज्य बैंकका सीईओ अर्थ मन्त्रालयमा, अर्थमन्त्रीसँग बैठक

२० वाणिज्य बैंकका सीईओ अर्थ मन्त्रालयमा, अर्थमन्त्रीसँग बैठक

१९ साउन, काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग छलफल गर्ने भएक...
भारत–चीनले लिपुलेकबाट व्यापार थाले, नेपालले कूटनीतिक पहल गर्ने संकेत

भारत–चीनले लिपुलेकबाट व्यापार थाले, नेपालले कूटनीतिक पहल गर्ने संकेत

  १९ साउन, काठमाडौं — भारत र चीनले नेपाली दाबी रहेको लिपुलेक नाका हुँदै परम्परागत सीमा व्यापार पुनः सञ्चालन गरेका छन्। कोभिड...