सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट लिएर पुगे कार्की

Advertisement

१९ कात्तिक, काठमाडौं — आफूलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएको भन्दै निवर्तमान आईजीपी दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्।

उनको तर्फबाट केहीबेरअघि वकिलहरू रिट लिएर सर्वोच्च अदालत पुगेका हुन्।

सरकारले हिजो मात्रै कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो।

आफूमाथि अन्याय भएको भन्दै कार्कीले सर्वोच्च अदालतको कानुनी बाटो रोजेका हुन्। सर्वोच्च अदालतको प्रशासनिक प्रक्रिया पूरा भएपछि मात्रै उनले पेस गरेको रिट दर्ता हुने वा नहुने टुंगो लाग्नेछ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपी पदबाट हटाएर उनको स्थानमा एआईजी मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष सुरक्षा सल्लाहकारको पद सिर्जना गरी कार्कीलाई उक्त पदमा पदस्थापन गर्ने निर्णय पनि गरेको थियो।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट लिएर पुगे कार्की

सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट लिएर पुगे कार्की

१९ कात्तिक, काठमाडौं — आफूलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएको भन्दै निवर्तमान आईजीपी दानबहादुर कार्की सर्वोच्च अदालत पुग...
‘सरकारको भय र भ्रमबाट विचलित हुन्न’ : कांग्रेस सहमहामन्त्री शिवाकोटी

‘सरकारको भय र भ्रमबाट विचलित हुन्न’ : कांग्रेस सहमहामन्त्री शिवाकोटी

१९ कात्तिक, काठमाडौं — नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारको भय र भ्रमबाट आफू विचलित नहुने बताएका छन्। उनले आ...
तेस्रो वरियताबाट नेपाल प्रहरीको आईजीपी बनेका डा. मनोज केसी

तेस्रो वरियताबाट नेपाल प्रहरीको आईजीपी बनेका डा. मनोज केसी

१८ कात्तिक, काठमाडौं — सरकारले दानबहादुर कार्कीलाई जिम्मेवारीबाट मुक्त गरेपछि एआईजी डा. मनोज केसी नेपाल प्रहरीको ३४औँ प्रहरी महानि...
बझाङमा जिप दुर्घटना : दुईको मृत्यु, पाँच गम्भीर

बझाङमा जिप दुर्घटना : दुईको मृत्यु, पाँच गम्भीर

१८ कात्तिक, काठमाडौं — बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम...