२०८३ बैशाख २१
२०८३ बैशाख २१
२१ वैशाख, काठमाडौं — सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३’ पुनः जारी गर्न सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्। यसअघि पनि यहीसहित ८ वटा अध्यादेश सिफारिस गरिएको थियो। तीमध्ये ७ वटा अध्यादेश राष्ट्रपतिबाट जारी भइसकेका छन् भने संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाइएको थियो। सरकारले उक्त अध्यादेशमा कुनै परिवर्तन नगरी जस्ताको तस्तै पुनः सिफारिस गरेको जनाएको छ।