२०८१ श्रावण १९
२०८१ श्रावण १९
१९ साउन, काठमाडौं - आस्मा कुमारी केसी सन् २०२४ की मिस नेपाल बनेकी छन् । शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा केसी मिस नेपाल भएकी हुन्। हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै आस्माले 'मिस नेपाल वर्ल्ड'को उपाधि जितेकी हुन् । 'मिस नेपाल इन्टरनेशनल'को उपाधि भने करुणा रावतले जितिन् । त्यस्तै, मिस नेपाल अर्थको उपाधि सुमना केसीले उचालिन् ।