कांग्रेसको निर्वाचन समय फेरि सर्‍यो, दिउँसो १ बजेदेखि मतदान हुने

कांग्रेसको निर्वाचन समय फेरि सर्‍यो, दिउँसो १ बजेदेखि मतदान हुने

२२ असोज, काठमाडौं — नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज बिहान १० बजे हुने भनिएको निर्वाचन दिउँसो १ बजेसम्मका लागि सारिएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले निर्वाचनको तयारी पूरा नभएकाले मतदानको समय दिउँसो १ बजेका लागि सारिएको जानकारी दिए। यसअघि बिहीबार बिहान ७ बजेदेखि मतदान गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो। तर वर्षा र केही प्राविधिक कारणले मतदान बिहान १० बजेदेखि सुरु गर्ने तयारी गरिएको थियो। तयारी पूरा नभएपछि पुनः समय सारिएको हो। महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन्। मतदानका लागि काठमाडौंका तीन स्थानमा सात मतदान केन्द्र तोकिएका छन्। प्रतिनिधिको…
Read More
कांग्रेस महाधिवेशन : आज बन्दसत्र, भोलि बिहानदेखि मतदान

कांग्रेस महाधिवेशन : आज बन्दसत्र, भोलि बिहानदेखि मतदान

२१ असोज, काठमाडौं — नेपाली कांग्रेसको बन्दसत्र अपराह्न चार बजे सुरु हुने भएको छ । नेपाली कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुरेशराज आचार्यले अपराह्न चार बजे बन्दसत्र सुरु हुने जानकारी दिए । बन्दसत्रले सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका चार प्रतिवेदन पास गर्ने छ । त्यसपछि नयाँ नेतृत्व चयनका लागि मतदानको काम बाँकी रहने छ । निर्वाचन कार्यतालिका अनुसार असोज २२ गते बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तयारी छ । यो महाधिवेशनबाट सभापति १, वरिष्ठ उपसभापति एक सहित चार उपसभापति, महामन्त्री ३, सहमहामन्त्री १५, कोषाध्यक्ष १ गरी २४ जना पदाधिकारी चयन हुँदैछन् । यस्तै, सहमहामन्त्रीमा चार…
Read More
विपद् व्यवस्थापनको काम तीव्र गतिमा अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

विपद् व्यवस्थापनको काम तीव्र गतिमा अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

१९ असोज, काठमाडौं — प्रधानमन्त्री बालेन शाहले भदौ १० गतेयता संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा विपद् व्यवस्थापनको काम निरन्तर भइरहेको बताएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा उनले कुनै पनि सम्झौता नगरी सरकार विपद् व्यवस्थापनमा निरन्तर खटिरहेको स्पष्ट पारे। बैठकमा गण्डकी, बाग्मती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूको पनि सहभागिता थियो। मुख्यमन्त्रीहरूलाई लक्षित गर्दै प्रधानमन्त्री शाहले भने, ‘हामीले उपलब्ध स्रोत साधन र जनशक्ति परिचालन गरी चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं, त्यसैले यस विषयलाई लिएर ढुक्क हुन आग्रह गर्दछु।’ भोटेकोशी–त्रिशूली, गण्डकीलगायत अन्य क्षेत्रमा आएको बाढीपहिरोबाट भएको क्षतिको अध्ययन गरी…
Read More
गगन थापाको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

गगन थापाको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

१९ असोज, काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन केन्द्रीय समिति बैठकले सर्वसम्मत रूपमा पारित गरेको छ। खुलामञ्चमा बसेको केन्द्रीय समिति बैठकले प्रतिवेदन सर्वसम्मत पारित गरेको सहमहामन्त्री कर्णबहादुर बुढाले जानकारी दिए। उक्त प्रतिवेदन आजैदेखि सुरु हुने बन्दसत्रमा प्रस्तुत गरिनेछ। आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा समेटिएको प्रतिवेदनमा विगतको आत्मसमीक्षा, सरकारलाई खबरदारी, निर्वाचनअघि गठबन्धन नगर्ने नीति, पार्टीको पुनर्संरचना, निजी क्षेत्रसँग सहकार्य, युवाको सहभागिता तथा ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणालगायत विषय समेटिएका छन्। सहमहामन्त्री कर्णबहादुर बुढाका अनुसार खाना खानका लागि केन्द्रीय समिति बैठक अहिले स्थगित गरिएको छ। खाना खाइसकेपछि बैठक पुनः सञ्चालन हुने…
Read More
न्यायाधीश सिफारिसबारे छलफल गर्न न्याय परिषद्को बैठक

न्यायाधीश सिफारिसबारे छलफल गर्न न्याय परिषद्को बैठक

१९ असोज, काठमाडौं — प्रधानन्यायाधीश मनोजकुमार केसीले न्याय परिषद्को बैठक बोलाएका छन्। बैठक मंगलबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो। सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्नेलगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको स्रोतले जनाएको छ। हाल सर्वोच्च अदालतमा चार न्यायाधीशको पद रिक्त छ। प्रधानन्यायाधीश मनोजकुमार शर्मा अध्यक्ष रहेको न्याय परिषद्मा कानुन मन्त्री सोविता गौतम, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, महेशकुमार नेपाल र दामोदर खड्का सदस्य छन्।
Read More
कांग्रेस महाधिवेशनका लागि सजियो खुलामञ्च

कांग्रेस महाधिवेशनका लागि सजियो खुलामञ्च

१८ असोज, काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ। महाधिवेशनका लागि काठमाडौंको खुलामञ्च सजाइएको छ भने प्रतिनिधिहरू आउने क्रम जारी छ। उम्मेदवारी घोषणा गरेका नेताका समर्थक तथा प्रतिनिधिहरूले आफ्नो पक्षमा मत मागिरहेका छन्। महाधिवेशनको उद्घाटन सत्र दिउँसो २ बजे तय गरिएको छ। उद्घाटन समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दलका प्रमुख तथा विभिन्न देशका प्रतिनिधिहरू खुलामञ्च पुग्दैछन्। महाधिवेशन व्यवस्थापनका लागि ठूलो संख्यामा स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरिएको छ।
Read More
विद्यार्थी भिसामा अस्ट्रेलियाले कडाइ गर्‍यो

विद्यार्थी भिसामा अस्ट्रेलियाले कडाइ गर्‍यो

१८ असोज, काठमाडौं — अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा प्रणालीमा थप कडाइ गरेको छ। आप्रवासन नियन्त्रण र विद्यार्थी भिसाको दुरुपयोग रोक्ने उद्देश्यले अक्टोबर २ देखि नयाँ नियम लागू गरिएको हो। नयाँ व्यवस्थाअनुसार अस्ट्रेलियामा रहेका अधिकांश अस्थायी भिसावाहकले त्यहीँबाट विद्यार्थी भिसाका लागि आवेदन दिन पाउने छैनन्। उनीहरूले अस्ट्रेलियाबाहिरबाटै आवेदन दिनुपर्नेछ। एउटै तहका कोर्स पटक–पटक परिवर्तन गरेर लामो समय अस्ट्रेलियामा बस्ने प्रवृत्ति रोक्न पनि नियम कडा पारिएको छ। तर हालको कोर्स पूरा गरी उच्च तहको अध्ययनमा जाने विद्यार्थीलाई भने अस्ट्रेलियाभित्रैबाट अर्को भिसाका लागि आवेदन दिने सुविधा कायम राखिएको छ। यस्तै, कोर्स पूरा गर्न १२ महिना वा सोभन्दा कम समय बाँकी रहेका र…
Read More
महासभामा उठाएका विषयबारे परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

महासभामा उठाएका विषयबारे परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

१६ असोज, काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिता र त्यहाँ उठाइएका विषयबारे संसद्लाई जानकारी गराएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री खनालले महासभामा प्रधानमन्त्री बालेन शाहले नेपालको प्रतिनिधित्व गर्दै जलवायु संकट, जलवायु न्याय र नेपालको राष्ट्रिय हितका विषय उठाएको बताए। प्रधानमन्त्री शाहले भोटेकोशीमा आएको विनाशकारी बाढीलाई जलवायु संकटको गम्भीर प्रभावका रूपमा प्रस्तुत गर्दै त्यसबाट भएको जनधनको क्षति, पूर्वाधार तथा जनजीविकामा परेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए। नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गरे पनि जलवायु परिवर्तनका गम्भीर असर भोगिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले जलवायु परिवर्तन नेपालको विकासका लागि समेत चुनौती बनेको बताएका…
Read More
नेपालमा पर्यटक आगमन बढ्यो, चिनियाँ पर्यटकको संख्या ११४.१ प्रतिशतले वृद्धि

नेपालमा पर्यटक आगमन बढ्यो, चिनियाँ पर्यटकको संख्या ११४.१ प्रतिशतले वृद्धि

१५ असोज, काठमाडौं — पछिल्लो दुई महिनादेखि नेपालले लगातार प्राकृतिक विपद्को सामना गरिरहेको भए पनि पर्यटक आगमनमा भने सुधार देखिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२६ को सेप्टेम्बरमा ८८ हजार २ सय ४८ पर्यटक नेपाल आएका छन्। यो संख्या सन् २०२५ को सोही महिनाको तुलनामा १२.१ प्रतिशत बढी हो। क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियाली मुलुकबाट आउने पर्यटकको संख्या २३.९ प्रतिशतले बढेको छ। गत वर्ष सेप्टेम्बरमा यस क्षेत्रबाट २४ हजार २ सय ८५ पर्यटक नेपाल आएकोमा यस वर्ष ३० हजार ८५ पुगेको छ। तथ्यांकले सार्कसहित अन्य एसियाली मुलुकबाट पर्यटक आगमन बढेको देखाएको छ। तर, अमेरिका र युरोपबाट आउने पर्यटकको संख्या…
Read More
गल्छी–बेत्रावती सडकमा ट्र्याक खुल्यो

गल्छी–बेत्रावती सडकमा ट्र्याक खुल्यो

१५ असोज, काठमाडौं — रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्र्याक खोलिएको छ। ट्र्याक खुलेसँगै उक्त सडकखण्डमा सर्वसाधारणको आवतजावत पनि सुरु भएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएका छन्। मन्त्री लम्सालको सचिवालयका अनुसार रसुवासँग जोडिने प्रमुख सडकमार्गका रूपमा रहेको यो खण्डमा ट्र्याक खुले पनि सडकको ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम भने अझै बाँकी छ। सडक निर्माण तथा मर्मतको काम भइरहेका बेला ठूलो संख्यामा सवारीसाधन सञ्चालन हुँदा निर्माण कार्य प्रभावित भइरहेको भन्दै मन्त्री लम्सालले आवश्यक सहजीकरण गरिदिन सबैसँग आग्रह गरेका छन्। ट्र्याक खोल्ने काम पूरा भएसँगै सडकखण्डमा बेलिब्रिज जडानको काम पनि अघि बढाइएको छ। नुवाकोटतर्फ बेलिब्रिज निर्माणका लागि फाउन्डेसन तयार…
Read More