२०८१ असार २८
२०८१ असार २८
२८ असार, काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता तथा सांसद ज्ञानेन्द्र बहादुर शाहीले भ्रष्टाचारका फाइल खोलेर सरकार ढल्यो भनेर गलत भाष्य सृजना नगर्न आग्रह गरेका छन्। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले पेश गरेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा बोल्दै शाहीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई इंगित गर्दै सरकार ढल्नुको गलत भाष्य बनाउने प्रयास नगर्न आग्रह गरेका हुन्। गृहमन्त्री लामिछानेले सुशासन भन्ने गरेको तर काम भने नगरेको शाहीले बताए । 'अर्कालाई आरोप लगाउँदै गर्दा आफूले ऐना हेर्ने कि !,' उनले भने, 'गृहमन्त्रीले सुशासन भन्नुभयो । म त यस्तो मान्छे हुँ, तपाईंको सरकारको प्रतिपक्षमा हुँदा पनि गृहमन्त्रीले काम गर्नुभयो भने साथ दिन्छु…