प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित

२५ जेठ, काठमाडौं — प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ।

सोमबार दिउँसो सवा १ बजे बसेको बैठक प्रारम्भ भएको केही समयमै १५ मिनेटका लागि स्थगित गरिएको थियो। त्यसपछि संसद् सचिवालयले सूचना टाँस गरेर बैठक भोलिसम्मका लागि स्थगित गरिएको जानकारी गराएको हो।

प्रधानमन्त्री बालेन्द्र शाहले केही दिनअघि प्रतिनिधिसभामा नेपालले पनि केही स्थानमा भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएपछि संसद्मा विवाद उत्पन्न भएको छ।

उक्त अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले लगातार प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन्। विपक्षीहरूको माग छ कि प्रधानमन्त्रीले संसद्मै उपस्थित भएर आफ्नो भनाइ सच्याउनुपर्छ वा त्यसबारे स्पष्ट जवाफ दिनुपर्छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

२७ वर्षमै विश्वकपका ऐतिहासिक उपलब्धि हासिल गर्दै एमबाप्पे

२७ वर्षमै विश्वकपका ऐतिहासिक उपलब्धि हासिल गर्दै एमबाप्पे

२६ असार, काठमाडौं — फ्रान्सका कप्तान किलियन एमबाप्पे फिफा विश्वकपमा सबैभन्दा छिटो २० गोल पूरा गर्ने खेलाडी बनेका छन्। साथै, उनी वि...
बसपार्क क्षेत्रमा बस्दै आएका २३३ परिवारको नाममा अन्यत्र जग्गा रहेको प्रतिवेदन

बसपार्क क्षेत्रमा बस्दै आएका २३३ परिवारको नाममा अन्यत्र जग्गा रहेको प्रतिवेदन

२६ असार, काठमाडौं — पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुमबासीहरूको अवस्था अध्ययन गर्न गठित समितिले आफ्नो प्रतिवेदन नगर प्र...
सरकारले ४ वटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी

सरकारले ४ वटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी

२५ असार, काठमाडौं — सरकारले चार वटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी गरेको छ। यसका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘...
विरोधको शैली परिवर्तन गर्न सभामुख अर्यालको आग्रह

विरोधको शैली परिवर्तन गर्न सभामुख अर्यालको आग्रह

२५ असार, काठमाडौं — सभामुख डोलप्रसाद अर्यालले संसद्मा विरोध गर्ने शैली परिवर्तन गर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन्। प्रधानमन्त...