मंगलबार सेयर बजार उत्साहजनक, १८ अंकको वृद्धि

१ पुष, काठमाडौं — मंगलबार सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। नेप्से परिसूचक १८.३७ अंकले उकालो लाग्दै २६१९ विन्दुमा पुगेको छ, जुन सो दिनको उच्चतम स्तर पनि हो। कारोबार सुरु भएदेखि बन्द हुँदासम्म बजार कहिल्यै ओरालो लागेन।

कुल १८७ कम्पनीको सेयर मूल्य बढ्दा ६१ कम्पनीको घट्यो भने ११ कम्पनीको मूल्य स्थिर रह्यो। कारोबार रकम भने अघिल्लो दिनको ३ अर्ब ४४ करोडबाट घटेर ३ अर्ब २९ करोड रुपैयाँमा सीमित भयो।

व्यापार समूह बाहेक सबै सूचकहरू बढेका छन्। व्यापार समूह ०.०१ प्रतिशतले घट्दा बैंकिङ ०.३५, विकास बैंक १.५६, फाइनान्स ०.४१, होटल तथा पर्यटन १.४९, जलविद्युत् ०.७७, लगानी ०.६८, जीवन बीमा ०.६९, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.८६, निर्जीवन बीमा ०.८९ तथा अन्य समूह १.१५ प्रतिशतले बढे।

तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ। ती कम्पनीमा स्वस्तिक लघुवित्त, एसवाई प्यानल र नारायणी डेभलपमेन्ट बैंक रहेका छन्। यसैगरी बाराही हाइड्रोपावरको सेयर मूल्य ७.०४ प्रतिशत र लुम्बिनी विकास बैंकको ५.८१ प्रतिशतले उक्लिएको छ।

यता स्वेतगंगा हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ४.१६ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा आज ङादी ग्रुप, लुम्बिनी विकास बैंक, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी होल्डिङ्स र राधि विद्युत् शीर्ष पाँचमा रहे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

जाजरकोटमा जिप दुर्घटना

जाजरकोटमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
अब देश बनाउन युवाहरू नै अघि सर्नेछन् : खरेल

अब देश बनाउन युवाहरू नै अघि सर्नेछन् : खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
मृत्युको कारणमा सहमति नहुँदा सेती अस्पतालमा तनाव

मृत्युको कारणमा सहमति नहुँदा सेती अस्पतालमा तनाव

२५ पुस, काठमाडौं — सेती प्रादेशिक अस्पतालमा शल्यक्रियाबाट शिशु जन्माएपछि मृत्यु भएकी एक महिलाको शव तीन दिनदेखि उठाइएको छैन। गोदावर...
विशेष महाधिवेशन पार्टी फुटाउन होइन, ऊर्जा र दिशाबोधका लागि हो : विश्वप्रकाश शर्मा

विशेष महाधिवेशन पार्टी फुटाउन होइन, ऊर्जा र दिशाबोधका लागि हो : विश्वप्रकाश शर्मा

२४ पुस, काठमाडौं — कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुस २७ र २८ गते काठमाडौंमा हुने दोस्रो विशेष महाधिवेशन पार्टी विभाजनक...