नेपालको सिमेन्ट उद्योगले निर्यातमा देखाएको वृद्धिदर

१८ पुस, काठमाडौं — चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालबाट १ अर्ब १९ करोड ६४ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको छ। भन्सार विभागका अनुसार यस अवधिमा कुल ६ लाख ६ सय ८७ टन सिमेन्ट र क्लिंकर विदेश पठाइएको हो।

गत आर्थिक वर्षको समान अवधिमा १ अर्ब ४ करोड रुपैयाँ बराबरको ६ लाख ९९ हजार ५१० टन सिमेन्ट र क्लिंकर निर्यात भएको थियो। यस वर्षको पाँच महिनामा क्लिकंर निर्यात २९ करोड ९७ लाख रुपैयाँको र सिमेन्ट ८९ करोड ६६ लाख रुपैयाँको भएको विभागले जनाएको छ।

सम्पूर्ण गत आर्थिक वर्षमा नेपालले २ अर्ब ९१ करोड रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात गरेको थियो। यसमा सिमेन्ट २ अर्ब २१ करोड रुपैयाँ र क्लिंकर ६९ करोड ७३ लाख रुपैयाँ बराबरको रहेको थियो।

भन्सार विभागका तथ्यांकअनुसार नेपालबाट निर्यात हुने सिमेन्ट र क्लिंकरको मुख्य गन्तव्य भारत हो। नेपालले सिमेन्ट र क्लिंकर निर्यात ०६९/७० मा सुरु गरेको थियो, तर त्यसपछि लगातार तीन वर्षसम्म निरन्तरता दिन सकिएन।

०७०/७१ मा ५ लाख ४५ हजार १५० किलो सिमेन्ट ५६ लाख ५९ हजार रुपैयाँ बराबर निर्यात भएको थियो भने ०७१/७२ मा केवल ५ हजार ५२५ किलो सिमेन्ट ६० हजार २ सय रुपैयाँ बराबर मात्र निर्यात भएको थियो।

आर्थिक वर्ष ०७८/७९ बाट सिमेन्ट निर्यात फेरि सुरु भएको हो। ०७८/७९ मा १५ हजार १ सय ८९ टन सिमेन्ट १२ लाख ९३ हजार रुपैयाँ बराबर निर्यात भएको थियो भने ०७७/७८ मा ११ टन सिमेन्ट ८३ हजार रुपैयाँको निर्यात भएको विभागको तथ्यांक छ।

हाल नेपालमा कुल ६५ वटा सिमेन्ट उद्योग सञ्चालनमा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

जाजरकोटमा जिप दुर्घटना

जाजरकोटमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
अब देश बनाउन युवाहरू नै अघि सर्नेछन् : खरेल

अब देश बनाउन युवाहरू नै अघि सर्नेछन् : खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
मृत्युको कारणमा सहमति नहुँदा सेती अस्पतालमा तनाव

मृत्युको कारणमा सहमति नहुँदा सेती अस्पतालमा तनाव

२५ पुस, काठमाडौं — सेती प्रादेशिक अस्पतालमा शल्यक्रियाबाट शिशु जन्माएपछि मृत्यु भएकी एक महिलाको शव तीन दिनदेखि उठाइएको छैन। गोदावर...
विशेष महाधिवेशन पार्टी फुटाउन होइन, ऊर्जा र दिशाबोधका लागि हो : विश्वप्रकाश शर्मा

विशेष महाधिवेशन पार्टी फुटाउन होइन, ऊर्जा र दिशाबोधका लागि हो : विश्वप्रकाश शर्मा

२४ पुस, काठमाडौं — कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुस २७ र २८ गते काठमाडौंमा हुने दोस्रो विशेष महाधिवेशन पार्टी विभाजनक...