‘रकेट बनाउन सजिलो, बाँदर हटाउन गाह्रो’: महावीर पुन

‘रकेट बनाउन सजिलो, बाँदर हटाउन गाह्रो’: महावीर पुन

७ जेठ, काठमाडौं — प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले बाँदर आतंकको समस्या समाधान गर्न अनुसन्धान आवश्यक रहेको बताएका छन् । यसका लागि ५ देखि ७ करोड रुपैयाँसम्म बजेट छुट्याउनुपर्ने उनको भनाइ छ । हाल विभिन्न सांसदहरूले बाँदर आतंक बढेको भन्दै सरकारसँग समाधानको माग गर्दै आएका छन् । एमाले सांसद राजेन्द्र राईले त बाँदर नियन्त्रणका लागि एक साताको अल्टिमेटमसमेत दिएका थिए । यसै विषयलाई लक्षित गर्दै महावीर पुनले संसदमा आवाज उठाएर मात्र बाँदर समस्या समाधान नहुने बताएका छन् । उनले भने, “बाँदर आतंक कम गर्न अनुसन्धान गर्नैपर्छ, संसदमा कराएर मात्र केही हुँदैन । यहाँ धेरै सांसदहरू कराइरहेको देखियो ।” उनले…
Read More
बजेट निर्माणअघि समितिले बढायो सरोकारवालासँग छलफल

बजेट निर्माणअघि समितिले बढायो सरोकारवालासँग छलफल

७ जेठ, काठमाडौं — संघीय संसदअन्तर्गत रहेका विभिन्न विषयगत समितिहरूमा आगामी आर्थिक वर्षको बजेटका नीतिगत प्राथमिकता र भूमिहीन नागरिकका समस्या सम्बन्धी विषयमा छलफल हुने भएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयहरूबारे विज्ञहरूसँग परामर्श गर्ने तयारी गरेको छ । बैठकमा अर्थविद् तथा सम्बन्धित क्षेत्रका विज्ञहरूले देशको वर्तमान आर्थिक चुनौतीलाई ध्यानमा राख्दै बजेटका प्राथमिकता र नीतिगत सुधारका विषयमा सुझाव दिनेछन् । बजेट निर्माणको तयारी भइरहेका बेला समितिले सरोकारवाला पक्षसँग छलफललाई थप सक्रिय बनाएको हो । यसैगरी राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले भूमिहीन नागरिकहरूको…
Read More
गैँडा मृत्यु प्रकरणमा अनुसन्धान जारी

गैँडा मृत्यु प्रकरणमा अनुसन्धान जारी

७ जेठ, काठमाडौं — पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१ स्याउली टोलमा जेठ १ गते मृत अवस्थामा भेटिएको गैँडालाई करेन्ट लगाएर मारिएको पुष्टि भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको प्राविधिक टोलीले गैँडाको पोस्टमार्टम गरेपछि विद्युतीय धराप प्रयोग गरेर मारिएको पुष्टि भएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिएका छन् । पूर्व–पश्चिम राजमार्गबाट करिब दुई किलोमिटर उत्तरतर्फ भीमप्रसाद दर्जीले भोगचलन गर्दै आएको ऐलानी जग्गामा करिब २५ वर्षको भाले गैँडा मृत अवस्थामा फेला परेको थियो । मकैबारीभित्र भेटिएको उक्त गैँडाको नाकबाट रगत बगेको देखिएको थियो भने शरीरको पछाडिको दाहिने भाग र पुच्छरतर्फ चिरा परेको घाउ पनि भेटिएको थियो । गैँडाको खाग र चारवटै…
Read More
तेल आपूर्ति र युद्धबीचको नयाँ संकेत

तेल आपूर्ति र युद्धबीचको नयाँ संकेत

६ जेठ, काठमाडौं — तेल बोकेका दुई चिनियाँ पानीजहाज बुधबार स्ट्रेट अफ हर्मुज पार गरेपछि अमेरिका–इरानबीचको युद्ध चाँडै अन्त्य हुन सक्ने आशा बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार युद्ध ‘धेरै चाँडै’ अन्त्य हुन सक्ने बताएका थिए । त्यस्तै उपराष्ट्रपति जेडी भान्सले पनि इरानसँग भइरहेको वार्तामा प्रगति भइरहेको जानकारी दिएका थिए । यहीबीच इराकी तेल बोकेका दुई चिनियाँ जहाज हर्मुजबाट बाहिरिएपछि युद्ध अन्त्यतर्फ जान सक्ने संकेत देखिएको रोयटर्सले जनाएको छ । यस सकारात्मक संकेतपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको बताइएको छ । यसअघि ट्रम्पले इरानमाथि गर्ने भनिएको आक्रमणको योजना वार्तालाई थप अवसर दिन भन्दै रोकिएको बताएका…
Read More
सभामुखको रुलिङमाथि साम्पाङको आपत्ति

सभामुखको रुलिङमाथि साम्पाङको आपत्ति

६ जेठ, काठमाडौं — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई संसद्प्रति जवाफदेही बनाउनका लागि आफूहरू निलम्बन हुन पनि तयार रहेको बताएका छन् । बुधबार सिंहदरबारस्थित संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारविरुद्ध भइरहेको विरोध आगामी दिनमा पनि जारी रहने बताएका हुन् । साम्पाङले सरकारलाई प्रश्न उठाउन नदिने गरी सभामुखले रुलिङ गरेको आरोप पनि लगाए । उनले आफूहरूले त्यसको विरोध गरिरहेको बताएका छन् । उनका अनुसार सार्वभौम संसद् र संसदीय विधि–विधानको संरक्षणका लागि आवश्यक परे आफूहरू निलम्बन हुनसमेत तयार छन् । उनले सुकुम्बासी समस्या, लिपुलेक मुद्दा, विदेशी ऋणलगायत विभिन्न विषयमा आफूहरूले उठाएका प्रश्नहरूको स्पष्ट जवाफ नआएको बताए । सरकारले जनताका…
Read More
‘रेमिटेन्स आयो, बाहिर गएको हेरिएन’: धनन्जय रेग्मी

‘रेमिटेन्स आयो, बाहिर गएको हेरिएन’: धनन्जय रेग्मी

६ जेठ, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद धनन्जय रेग्मीले आफूले सुगौली सन्धिको प्रतिलिपि पढ्न नपाएको बताएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । परराष्ट्रमन्त्री शिशिर खनाल उपस्थित रहेको बैठकमा उनले सीमा समस्यासँग सम्बन्धित विषयमा प्रश्न उठाएका थिए । रेग्मीले भने, “सीमाको समस्या वास्तवमा के हो ? सुगौली सन्धि के हो ? हामीले त्यसको प्रतिलिपि पढ्न पाएनौं । त्यो कहाँ छ ? पढ्न पाएको भए धेरै कुरा बुझ्न सकिन्थ्यो ।” अर्को प्रसङ्गमा उनले नेपालमा ‘रिसर्चर भिसा’को व्यवस्था गर्न पहल गर्न पनि आग्रह गरेका छन् । उनले भने, “नेपालमा…
Read More
विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा रिट दायर

विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा रिट दायर

५ जेठ, काठमाडौं — नेपाल विद्यार्थी संघका नेताहरूले विश्वविद्यालय र क्याम्पस परिसरबाट दलसम्बद्ध विद्यार्थी संगठन हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । रिटमा उत्प्रेषण, परमादेश, प्रतिषेध लगायत आवश्यक आदेश जारी गर्न माग गरिएको छ । नेपाल विद्यार्थी संघका केन्द्रीय कार्यालयका मुख्य सचिव विजय खड्का र कानुन विभाग प्रमुख हृदयराज मिश्रले उक्त रिट दायर गरेका हुन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, शिक्षा मन्त्रालय, विश्वविद्यालय समन्वय समिति तथा विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूलाई विपक्षी बनाइएको छ । रिट निवेदनमा मन्त्रिपरिषद्ले २०८२ वैशाख १३ गते ‘शासकीय सुधारका १०० कार्ययोजना’ अन्तर्गत विश्वविद्यालय तथा क्याम्पसबाट दलसम्बद्ध विद्यार्थी संगठन हटाउने निर्णय संविधानविपरीत…
Read More
वरिष्ठताको परम्परा तोडेर सिफारिस भएका शर्मा अनुमोदित

वरिष्ठताको परम्परा तोडेर सिफारिस भएका शर्मा अनुमोदित

५ जेठ, काठमाडौं — डा. मनोज शर्माको नाम प्रधानन्यायाधीश पदका लागि सर्वसम्मत रूपमा अनुमोदन भएको छ । मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम अनुमोदन गरेको हो । समितिले मंगलबार नै उनको सुनुवाइ प्रक्रिया सम्पन्न गरेको थियो । सुनुवाइ सकिएपछि समितिले प्रधानन्यायाधीश पदका लागि शर्माको नाम अनुमोदन गर्ने निर्णय गरेको हो । अब समितिबाट अनुमोदन भएपछि संसद् सचिवालयले यसबारे राष्ट्रपति कार्यालयलाई जानकारी पठाउनेछ । त्यसपछि उनको औपचारिक नियुक्ति प्रक्रिया अघि बढ्नेछ । यसअघि संवैधानिक परिषद्ले न्याय परिषद्बाट सिफारिस भएका ६ जनाको सूचीमध्ये सर्वोच्च अदालतका चौथो वरीयताका न्यायाधीश मनोज शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो । तर संवैधानिक परिषद्ले विगतदेखि…
Read More
प्रधानमन्त्रीस्तरको निर्णयबाट पौडेललाई उपकुलपतिको जिम्मेवारी

प्रधानमन्त्रीस्तरको निर्णयबाट पौडेललाई उपकुलपतिको जिम्मेवारी

५ जेठ, काठमाडौं — नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी प्राध्यापक सुधनकुमार पौडेललाई दिइएको छ । नेपाल सरकारको प्रधानमन्त्री तथा कुलपतिस्तरबाट बुधबार भएको निर्णयअनुसार अर्को उपकुलपति नियुक्त नभएसम्मका लागि पौडेललाई उक्त जिम्मेवारी दिइएको हो । शिक्षा तथा खेलकुद मन्त्रालयले बिहीबार पत्रमार्फत उनलाई जिम्मेवारीबारे जानकारी गराएको छ । मन्त्रालयका सचिव चुडामणि पौडेलले पठाएको पत्रमा विश्वविद्यालयको दैनिक कार्य सञ्चालनका लागि उपकुलपतिको जिम्मेवारी तोकिएको उल्लेख गरिएको छ । प्राध्यापक पौडेल यसअघि नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकको जिम्मेवारी दुई कार्यकालसम्म सम्हालिसकेका छन् । जिम्मेवारी सम्बन्धी पत्र प्राप्त भएसँगै आफूले विश्वविद्यालयको दैनिक कार्य सञ्चालनको जिम्मेवारी सम्हाल्न थालेको पौडेलले बताएका छन् ।
Read More
सुनुवाइ समितिमा हतारोबारे प्रश्न

सुनुवाइ समितिमा हतारोबारे प्रश्न

५ जेठ, काठमाडौं — प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना र उनीविरुद्ध परेका उजुरीबारे अध्ययन गर्न विपक्षी दलहरूले थप समय माग गरेका छन् । सोमबार बसेको सुनुवाइ समितिको बैठकमा विपक्षी सदस्यहरूले यस्तो माग गरेका हुन् । बैठकमा नेकपाका नेता तथा समिति सदस्य वर्षमान पुनले निर्णयको दिशा लगभग पहिल्यै स्पष्ट देखिएको भए पनि प्रक्रिया पूरा गरेर अघि बढ्नुपर्ने बताएका छन् । उनले भने, “हामी कार्यपालिकाको निर्णयसँग असहमत हुनकै लागि बसेका होइनौं । संवैधानिक परिषद्मा तीनवटै अंग र विपक्षीको पनि सहभागिता हुन्छ । त्यसैले प्रक्रिया पूरा गरेर अघि बढौं । कामलाई अनावश्यक ढिला पनि नगरौं, तर अध्ययनका लागि केही समय आवश्यक छ ।” उनले नीति…
Read More