सुरक्षित आकाश सरकारको पहिलो प्राथमिकता: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे

२२ मङ्सिर, काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उड्डयन क्षेत्रको सुरक्षाका निम्ति सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सुरक्षित आकाश सरकारको पहिलो प्राथमिकता भएको बताए ।

मन्त्री पाण्डेले उडान सुरक्षित बनाउन नियमन निकायलाई निरन्तर सचेत गराइएको उल्लेख गर्दै  हवाई दुर्घटनासम्बन्धी अनुसन्धानका लागि स्थायी आयोग गठनको प्रक्रिया प्रारम्भ भएको जानकारी दिए ।

यस वर्ष ‘दिगो भविष्यः आगामी ८० वर्षका लागि सँगै’ नाराका साथ अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदैछ ।-रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

जाजरकोटमा जिप दुर्घटना

जाजरकोटमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
अब देश बनाउन युवाहरू नै अघि सर्नेछन् : खरेल

अब देश बनाउन युवाहरू नै अघि सर्नेछन् : खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
मृत्युको कारणमा सहमति नहुँदा सेती अस्पतालमा तनाव

मृत्युको कारणमा सहमति नहुँदा सेती अस्पतालमा तनाव

२५ पुस, काठमाडौं — सेती प्रादेशिक अस्पतालमा शल्यक्रियाबाट शिशु जन्माएपछि मृत्यु भएकी एक महिलाको शव तीन दिनदेखि उठाइएको छैन। गोदावर...
विशेष महाधिवेशन पार्टी फुटाउन होइन, ऊर्जा र दिशाबोधका लागि हो : विश्वप्रकाश शर्मा

विशेष महाधिवेशन पार्टी फुटाउन होइन, ऊर्जा र दिशाबोधका लागि हो : विश्वप्रकाश शर्मा

२४ पुस, काठमाडौं — कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुस २७ र २८ गते काठमाडौंमा हुने दोस्रो विशेष महाधिवेशन पार्टी विभाजनक...