सिंहदरबार आगजनीपछि पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्की बीच औपचारिक भेट

२१ मंसिर, काठमाडौं — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ।

जेनजी आन्दोलनका क्रममा सिंहदरबारभित्र भएका आगजनी घटनापछि क्षतिग्रस्त संरचनाको अवलोकन गर्न पुगेकी पूर्वराष्ट्रपति भण्डारीले सोही अवसरमा प्रधानमन्त्री कार्कीसँग भेट गरेकी हुन्।

भदौ २३ र २४ गते चलेको जेनजी आन्दोलनमा प्रदर्शनकारीले सिंहदरबार परिसरभित्रका विभिन्न मन्त्रालय, सवारीसाधन तथा अन्य संरचनामा आगो लगाएका थिए। हाल ती क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण कार्य जारी छ।

सोही आन्दोलनका क्रममा भण्डारीको निजी निवासमा पनि आगजनी भएको थियो। आन्दोलनपछि बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच यसअघि भेट नभएकाले यो भेटवार्ता पहिलो भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

दुई दिनसम्म भिटामिन ‘ए’ र जुकाको औषधि वितरण

दुई दिनसम्म भिटामिन ‘ए’ र जुकाको औषधि वितरण

६ वैशाख, काठमाडौं — सरकारले आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने कार्यक्रम सञ्चालन गरेको छ। राष्ट्रिय भिटामिन ‘ए’ ...
अब जोसुकैले दिन सक्छ योजना, रास्वपाको नयाँ घोषणा

अब जोसुकैले दिन सक्छ योजना, रास्वपाको नयाँ घोषणा

६ वैशाख, काठमाडौं — सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो पटक सार्वजनिक रूपमा विज्ञ र योजनाहरू आह्वान गर्ने तयारी...
युद्धविरामपछि पनि तनाव कायम, इरानलाई चेतावनी

युद्धविरामपछि पनि तनाव कायम, इरानलाई चेतावनी

६ वैशाख, काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ‘ब्ल्याकमेल’ अब नचल्ने बताएका छन्। शनिबार ह्वाइट हाउसस्थित ओभल अफिस...
महत्वपूर्ण सडक परियोजना सञ्चालनको नजिक

महत्वपूर्ण सडक परियोजना सञ्चालनको नजिक

४ वैशाख, काठमाडौं — सिद्धार्थ राजमार्ग अन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको भौतिक प्रगति करिब ६० प्रतिशत र वित्तीय प्रगति ...