प्रतिस्पर्धात्मक विधिबाट केन्द्रीय समिति चयन गर्ने प्रावधान राखेर माओवादी केन्द्रको विधान पारित

प्रतिस्पर्धात्मक विधिबाट केन्द्रीय समिति चयन गर्ने प्रावधान राखेर माओवादी केन्द्रको विधान पारित

३ फागुन, काठमाण्डौं -  सर्वसम्मतका नाममा केन्द्रीय समिति चयन गर्दै आएको माओवादी केन्द्रले प्रतिस्पर्धात्मक विधिबाट केन्द्रीय समिति चयन गर्ने प्रावधान राखेर विधान पारित गरको छ ।  माओवादी केन्द्रले  पहिलो पटक प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय समिति चयन गर्नेगरी विधान संशोधनसहित पारित गरेको हो । विधान सम्मेलनले पार्टीको नाम परिवर्तन गर्ने बाटो खुला राखेको छ । पार्टीको नामबाट माओवादी हटाउन सकिने भए पनि कम्युनिस्ट पार्टी भने कायम राख्ने निर्णय गरेको छ । उसले नेकपा राखेर समाजवादी, वाम मोर्चा राख्न सकिने विकल्प खुला राखी विधान पारित गरेको हो । ‘नेपाल कम्युनिष्ट पार्टी कहिले पनि छाड्न सकिन्नँ । वाम मोर्चा, समाजवादी मोर्चा, एकता इत्यादि हुँदा पछाडि पुच्छरबारे छलफल गर्ने विकल्प खुला राख्न…
Read More
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक फागुन ८ गतेदेखि

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक फागुन ८ गतेदेखि

३ फागुन, काठमाण्डौं -  नेकपा एमालेको केन्द्रीय कमिटी बैठक फागुन ८ गतेदेखि बस्ने भएको छ । बिहीबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले फागुन ८, ९ र १० गते पार्टीको केन्द्रीय कमिटीको बैठक बस्ने जानकारी दिएका हुन् । बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डाहरु तय गरेको छ । पोखरेलका अनुसार वर्तमान राजनीतिक अवस्थाको समिक्षा, सांगठनिक प्रतिवेदन र संगठन सुदृढिकरण सम्बन्धी विशेष प्रस्तावहरु राख्ने तय भएको महासचिव पोखरेलले जानकारी दिए । सचिवालय बैठकले प्रचार तथा प्रकाशन विभागमा ३ जनालाई मनोनित गर्ने निर्णय गरेको छ । मनोनित हुनेहरुमा काठमाडौंका मणिराज बाँस्तोला, सिन्धुपाल्चोकका माधव नेपाल र खोटाङका इन्द्र रहेका छन् ।
Read More
माओवादीले हिंसा किन गरेको थियो अहिलेसम्म पुष्टि भएको छैन: केपी शर्मा ओली

माओवादीले हिंसा किन गरेको थियो अहिलेसम्म पुष्टि भएको छैन: केपी शर्मा ओली

१ फागुन, काठमाण्डौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्न र सत्ता प्राप्तिका लागि मात्र तत्कालिन नेकपा माओवादीले सशस्त्र युद्ध सुरु गरेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा आयोजित मानव अधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लागाएका हुन् । २०४७ सालको संविधानले शान्तिपूर्ण बाटाहरु बन्द नगरेको अवस्थामा माओवादीले हिंसात्मक बाटो रोज्नु गलत भएको बताए । ‘यो कुनै राणा शासन थिएन, पञ्चायती थिएन । संगठन गर्न नपाइने, बोल्न नपाइने, विचार व्यक्त गर्न नपाइने अवस्था थिएन । अनि फेरि हिंसा किन गर्नुपर्यो, अलिक पछि हिंसा बिसाएर फेरि आउनुपर्यो’, ओलीले भने । ‘हिंसा सुरु गरेको मिति ०५२…
Read More
संक्रमणकालीन न्यायको विषय गम्भीर भएकाले राजनीतिक मुद्दा बनाउनु हुँदैन : डा. शेखर कोइराला

संक्रमणकालीन न्यायको विषय गम्भीर भएकाले राजनीतिक मुद्दा बनाउनु हुँदैन : डा. शेखर कोइराला

१ फागुन, काठमाण्डौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संक्रमणकालीन न्यायलाई राजनीतिक लेनदेनको मुद्दा बनाउन नहुने बताएका छन् । काठमाडौंमा मंगलबार मानव अधिकार रक्षकहरुको सम्मेलनमा बोल्दै उनले संक्रमणकालीन न्यायको विषय गम्भीर भएकाले राजनीतिक मुद्दा बनाउन नहुने बताएका हुन् । त्यस्तै उनले सर्वोच्च अदालतले दिएको आदेश, मानव अधिकार आयोगको निर्देशन आदिलाई मध्यनजर गरेर संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुन बनाउनुपर्ने बताए । ‘संक्रमणकालीन न्यायलाई कुनै राजनीतिक लेनदेनको मुद्दा नबनाइयोस् । यो अत्यन्त गम्भीर विषय छ, यसलाई मुद्दा बनाउनु हुँदैन । यो विषयमा सर्वोच्च अदालतले सिधा निर्देशन दिएको छ । मानव अधिकार आयोगले पनि दिएको छ । मानवताको कुराहरुलाई एसेप्ट गरेर पीडितलाई मर्का पर्नेगरी कुनैपनि…
Read More
मुलुकका सामू रहेका विभिन्न मुद्दामा सर्वदलीय बैठक गर्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रस्ताव

मुलुकका सामू रहेका विभिन्न मुद्दामा सर्वदलीय बैठक गर्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रस्ताव

२४ माघ, काठमाण्डौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी र लघुवित्त संस्थाहरूको कडा नियमन र पीडितहरूको रकम फिर्ता गराउने लगायतका विषयमा राजनीतिक दलहरूबीच सर्वदलीय बैठक हुनुपर्ने प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा लामिछानेले बालुवाटार, बालकोट, बुढानिलकण्ठ र खुमलटार नभई मुसहर वा दलित बस्तीमा सर्वदलीय बैठक गरेर मुलुकका सामू रहेका विभिन्न मुद्दामा सर्वदलीय बैठक गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।  ठूला र पुराना राजनीतिक दलहरू सत्ता र नियुक्तिका लागि वा भ्रष्टाचारका फाइल खुल्दा सर्वदलीय बैठक गर्ने गरेका भन्दै लामिछानेले मुलुकका मुद्दामा सर्वदलीय बैठकको प्रस्ताव गरेका हुन् । त्यस्तो सर्वदलीय बैठकबाट विभिन्न पाँच मुद्दामा छिनोफानो गर्नुपर्ने लामिछानेको भनाइ थियो । त्यसमा सहकारी र लघुवित्तका पीडितहरूको…
Read More
संघीयताकै पक्षधरलाई पनि प्रदेश संरचना घाणो भएको छ: चित्रबहादुर केसी

संघीयताकै पक्षधरलाई पनि प्रदेश संरचना घाणो भएको छ: चित्रबहादुर केसी

२४ माघ, काठमाण्डौं - राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताकै पक्षधरलाई पनि प्रदेश संरचना घाणो भएको बताएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा  बोल्दै केसीले जनमोर्चाले संविधान निर्माण गर्दा प्रदेश संरचना नराख्न गरेको प्रयास असफल भएको भन्दै अहिले संघीयता बोक्नेहरूका लागि पनि प्रदेश घाँडो भएको बताएका हुन्। उनले नेपालजत्तिको सानो अर्थतन्त्र भएको मुलुकमा संघ र स्थानीय तहमात्रै भए पुग्ने बताए। ‘संघ भएपछि प्रदेश किन चाहियो। राजनीतिक दलका पार्टी र कार्यकर्तालाई थन्क्याउन ठाउँ त भा’छ । यसले मुलुकको अर्थतन्त्र चौपट छ,’ उनले भने, ‘प्रदेशको औचित्य छैन भनेर राष्ट्रिय जनमोर्चाले राख्यो। तर अहिले सबैका मनमा बिजाएको छ । प्रदेश घाँडो भएको छ। संघीयता बोक्नेहरुलाई…
Read More
पत्रकारितालाई दलले आफ्नो सामिप्यमा राख्नु हुँदैन : रवि लामिछाने

पत्रकारितालाई दलले आफ्नो सामिप्यमा राख्नु हुँदैन : रवि लामिछाने

२३ माघ, काठमाण्डौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकतन्त्रको पहरेदार पत्रकारितालाई दलले आफ्नो सामिप्यमा राख्नु नहुने बताएका छन्। रफत सञ्चार क्लबले मंगलबार गरेको साक्षात्कारमा लामिछानेले भने कमजोर प्रश्न लोकतन्त्रका लागि घातक हुने पनि बताए। ‘लोकतन्त्रको पहरेदार पत्रकारितालाई दलले आफ्नो सामिप्यमा राखेर, आफ्नो नजिक राखेर, आफ्नो तातो बाँडेर उसले हामीलाई प्रश्न गर्नै सक्दैन, कमजोर प्रश्न लोकतन्त्रका लागि घातक हुन्छ, अत्यन्तै घातक।’ केही समय पत्रकारिता गर्दा आम जनजीविकाका कुरालाई प्राथमिकता दिएको उनले बताए। ‘प्रश्न, गाली हिजो पनि आउँथ्यो, सामान्य थिएन। डरधम्की पनि आउँथ्यो यहाँहरूलाई थाहै छ,’ उनले भने, ‘त्यो सञ्चारकर्मीलाई सामान्य र दैनिकी नै हो। त्यसको सामना मैले पनि…
Read More
गठबन्धनका शीर्ष नेताले सत्ताबाहेक बाँकी सत्य देखेका छैनन् : नेता मीनेन्द्र रिजाल

गठबन्धनका शीर्ष नेताले सत्ताबाहेक बाँकी सत्य देखेका छैनन् : नेता मीनेन्द्र रिजाल

२३ माघ, काठमाण्डौं - नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले सत्ता गठबन्धनले प्रधानमन्त्री फेर्नेबाहेक अरू काम गर्न नसक्ने बताएका छन्। काठमाडौंमा मंगलबार भएको एक कार्यक्रममा बोल्दै ‘जय नेपाल भनेको लाल सलाम र लाल सलाम भनेको जय नेपाल हो भनेर नारा लगाएर चुनाव जितेका पार्टीहरूबाट धेरै आशा गर्न सकिन्न,’ उनले भने, ‘अहिलेको गठबन्धनले पाँच वर्षका लागि सम्झौता गरेको छ। नेकपा (एमाले) ले फकाउन नसके प्रधानमन्त्री फेर्नु बाहेकको नयाँ काम गठबन्धनले गर्न सक्दैन।’ गठबन्धनका शीर्ष नेताले सत्ताबाहेक बाँकी सत्य नदेखेको रिजालको भनाइ छ। उनले निर्वाचन प्रणाली नबदलेसम्म गठबन्धन बनिराख्ने पनि बताए।
Read More
आगामी अधिवेशनमा सरकारविरुद्ध दबाब बढाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

आगामी अधिवेशनमा सरकारविरुद्ध दबाब बढाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

१९ माघ, काठमाण्डौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्को आगामी हिउँदे अधिवेशनमा नयाँ संविधान अनुसारका कानून निर्माण गर्न सरकारविरुद्ध दबाब बढाउने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संविधानमा व्यवस्था भए अनुसारका मुख्य-मुख्य कानूनहरु नै निर्माण गर्न बाँकी रहेको भन्दै त्यस्ता महत्वपूर्ण कानूनहरु निर्माणमा आगामी अधिवेशनमा सरकारविरुद्ध दबाब बढाउने निर्णय गरेको हो । बैठकले सरकारले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण कानूनहरु निर्माणमै चासो नदिएको निष्कर्ष निकाल्दै आगामी अधिवेशनमा बाँकी कानूनहरु निर्माण गर्न दबाब दिने गरी भूमिका निभाउने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले बताए । उनका अनुसार शुक्रबारको बैठकमा विगतका अधिवेशनको समीक्षा समेत भएको थियो । 'राष्ट्रिय स्वतन्त्र पार्टीले बिगतमा खेलेको भुमिकाको समिक्षा…
Read More
परिवर्तनको रक्षाका निम्ति माओवादी घटकबीचको एकता अपरिहार्य : प्रधानमन्त्री पुष्पकमल दाहाल

परिवर्तनको रक्षाका निम्ति माओवादी घटकबीचको एकता अपरिहार्य : प्रधानमन्त्री पुष्पकमल दाहाल

१३ माघ, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको संघर्षबाट प्राप्त परिवर्तनको रक्षाका निम्ति माओवादी घटकबीचको एकता अपरिहार्य रहेको बताएका छन् । माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा शनिबार सहिद प्रतिष्ठान नेपालको १४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले माओवादी विचारधारामा छरिएर रहेका नेता तथा कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरेका हुन । 'देशभरका माओवादी आन्दोलनका सबै धारालाई एकताबद्ध हुन र एकढिक्का भएर काम गर्न अपिल गर्दछु,' दाहालले भने । विभाजित भएर लक्ष्यमा पुग्न नसिकने उनको भनाइ थियो । माओवादी नेतृत्वको सशस्त्र संघर्षका सहिद, बेपत्ता तथा घाइतेलाई राज्यले सम्बोधन गर्दै अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले १० वर्ष जनयुद्धका घाइतेको वर्गीकरण गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।…
Read More