२०८० माघ १२
२०८० माघ १२
१२ माघ, काठमाण्डौं - सत्तारूढ र सरकारबाहिरका दल गठबन्धन बनाएर भएको निर्वाचनबाट बिहीबार राष्ट्रिय सभाका १९ जना नयाँ सदस्य निर्वाचित भएका छन् । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुखले दिएको मतका आधारमा सत्ता गठबन्धनका १८ र एमालेका एक सदस्य निर्वाचित भएका हुन् । राष्ट्रिय सभामा एक तिहाई सदस्यको दुई/दुई वर्षमा चुनाव गर्ने संवैधानिक व्यवस्थाअनुसार २० जनाको कार्यकाल २० फागुनमा सकिँदैछ । एक महिनाअघि नै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था भएकाले बिहीबार निर्वाचन भएको हो । राष्ट्रिय सभा ५९ सदस्यीय हुने संवैधानिक ब्यवस्था छ । बागमती प्रदेशमा ४, गण्डकी, कर्णाली र सुदूरपश्चिममा ३/३ तथा कोशी, मधेश र लुम्बिनीमा २/२ जना राष्ट्रियसभा सदस्य…