२०८० पुष ७
२०८० पुष ७
७ पुस, काठमाण्डौं - नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले दलहरूलाई दुई तिहाई बहुमत ल्याउन निर्वाचन प्रणाली फेर्नुपर्ने कुनै आवश्यकता नरहेको बताएका छन् । शनिबार काठमाडौंमा कांग्रेसको वाग्मती प्रदेश सम्मेलनमा बोल्दै नेता पौडेलले कार्यशैलीमा सुधार भए बहुमत ल्याउन निर्वाचन प्रणाली बाधक नभएको बताए । ‘बहुमत ल्याउनका लागि निर्वाचन प्रणालीले कुनै बाधा पुर्याएको छैन । यही निर्वाचन प्रणालीमा पनि बहुमत ल्याउन सकिन्छ,’ नेता पौडेलले अघि भने, ‘तर सरकारमा गएर राम्रो काम गर्नुपर्छ । यदि कांग्रेसले सम्हालेको सरकारले सबै खाले भ्रष्टाचारको अन्त्य गर्छ भने म ठोकुवा गरेर भन्छु, कांग्रेसले बहुमत ल्याउँछ ।’ सम्मेलनमा कांग्रेसकै नेताहरूले समानुपातिक निर्वाचन प्रणालीका कारण बहुमत आउने अवस्था नरहेको भनेपछि नेता…