‘अर्थतन्त्र सुधार्न तर्साएर होइन, भरोसा दिनुपर्छ’

‘अर्थतन्त्र सुधार्न तर्साएर होइन, भरोसा दिनुपर्छ’

१५ कात्तिक, काठमाडौं — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले मुलुकको अर्थतन्त्र सुधार गर्न नसकेको टिप्पणी गरेका छन्। प्रमुख प्रतिपक्षी दलका तर्फबाट सरकारप्रति धारणा सार्वजनिक गर्दै थापाले सरकारको ध्यान अर्थतन्त्र सुधारमा केन्द्रित हुन नसकेको बताएका हुन्। उनका अनुसार सरकारको प्राथमिकता अर्थतन्त्र सुधारभन्दा अन्य विषयमा बढी देखिएको छ। ‘अहिले हाम्रो अर्थतन्त्र ठीक छैन। फागुन अगाडि ठीक थियो म भन्दिनँ, ठीक थिएन। प्राकृतिक विपत्तिका कारण राष्ट्रिय ढुकुटी दबाबमा छ। यस्तो बेलामा फोकस अर्थतन्त्रमा हुनुपर्ने होइन ?’ उनले भने, ‘यी सबैको कारण विश्वासको संकट हो। सरकारको नीति यस्तो छैन। सबै त्रसित छन्—कर्मचारी त्रसित छन्, व्यवसायी त्रसित छन्। अहिले प्रहरीको हालत हेर्नुस् त, संवैधानिक…
Read More
नेपाली श्रमिकका लागि मौरिससमा रोजगारीका अवसर विस्तार हुने

नेपाली श्रमिकका लागि मौरिससमा रोजगारीका अवसर विस्तार हुने

१५ कात्तिक, काठमाडौं — मौरिससले नेपालबाट सरकारी संयन्त्र (जीटुजी) मार्फत श्रमिक लैजान सहमति जनाएको छ। यस प्रणालीअन्तर्गत श्रमिक भर्ती गर्दा लाग्ने खर्च रोजगारदाताले नै बेहोर्ने व्यवस्था गरिनेछ। नेपाली श्रमिकका लागि सुरक्षित, मर्यादित र रोजगारदाताले लागत बेहोर्ने सिद्धान्तमा आधारित वैदेशिक रोजगारीका अवसर विस्तार गर्ने उद्देश्यले नेपाल र मौरिससबीच सरकार–सरकार (जीटुजी) प्रणालीमार्फत श्रमिक लैजाने प्रक्रिया अघि बढेको हो। युवा, श्रम तथा रोजगार मन्त्रालयका अनुसार नेपालको प्रस्तावमा मौरिससले जीटुजी प्रणालीमार्फत श्रमिक लैजान सहमति जनाएको जानकारी गराएको छ। मौरिससको नयाँ दिल्लीस्थित उच्च आयोगले २९ अक्टोबर २०२६ मा परराष्ट्र मन्त्रालयलाई औपचारिक पत्र पठाउँदै समझदारीपत्रको संशोधित मस्यौदा उपलब्ध गराएको छ। प्रस्तावित समझदारीमार्फत उत्पादन, निर्माण, कृषि, पर्यटन…
Read More
आयात–निर्यातमा वीरगञ्ज सबैभन्दा अगाडि, भैरहवा दोस्रो स्थानमा

आयात–निर्यातमा वीरगञ्ज सबैभन्दा अगाडि, भैरहवा दोस्रो स्थानमा

१५ कात्तिक, काठमाडौं — नेपालमा हाल २८ वटा भन्सार विन्दुबाट वैदेशिक व्यापार हुँदै आएको छ। यसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि समावेश छ। तर, व्यापारको हिस्सा हेर्दा वीरगञ्ज भन्सार नाका सबैभन्दा अगाडि छ। देशको कुल आयातको झन्डै आधा हिस्सा यही नाकाबाट हुने गरेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अर्थात् साउनदेखि असोजसम्म नेपालले ६ खर्ब ४६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। यसमध्ये वीरगञ्ज भन्सार नाकाबाट मात्रै ३ खर्ब १२ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। यो कुल आयातको ४८.३० प्रतिशत हो। वीरगञ्ज नाकाबाट नेपालमा ठूलो परिमाणमा पेट्रोलियम पदार्थ आयात हुने गरेको…
Read More