एसईई परीक्षाफल आज साँझ वा भोलिसम्म सार्वजनिक हुने

२८ वैशाख, काठमाडौं — राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी अन्तर्गत प्राविधिक परीक्षण सुरु गरेको छ । परीक्षण सफल भएमा आज साँझसम्म नतिजा प्रकाशित गर्न सकिने बोर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार अहिले प्राविधिक परीक्षण र आवश्यक छलफल भइरहेको छ । कुनै समस्या नआए आजै साँझ नतिजा सार्वजनिक हुन सक्छ, अन्यथा भोलिसम्ममा प्रकाशित गरिने तयारी रहेको उनले बताए ।

उनले सानो प्राविधिक समस्या आएमा नतिजा सार्वजनिक प्रक्रिया केही समयका लागि रोक्नुपर्ने अवस्था आउन सक्ने पनि उल्लेख गरे ।

यस वर्षको एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन गरिएको थियो । परीक्षामा कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले आवेदन दिएका थिए ।

त्यसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना विद्यार्थी सहभागी भएका थिए । परीक्षा बोर्डका अनुसार परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

‘एउटा फाइल गलत गरेको प्रमाणित भए राजनीति त्याग्छु’ : जगदीश खरेल

‘एउटा फाइल गलत गरेको प्रमाणित भए राजनीति त्याग्छु’ : जगदीश खरेल

२८ वैशाख, काठमाडौं — सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्वसञ्चारमन्त्री जगदीश खरेलले स्मार्ट टेलिकम घोटाला प्रकरणम...
एसईई परीक्षाफल आज साँझ वा भोलिसम्म सार्वजनिक हुने

एसईई परीक्षाफल आज साँझ वा भोलिसम्म सार्वजनिक हुने

२८ वैशाख, काठमाडौं — राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी अन्तर्गत प्राविधिक पर...
एमालेको समीक्षा बैठक बोलाउन भण्डारीको ओलीलाई सुझाव

एमालेको समीक्षा बैठक बोलाउन भण्डारीको ओलीलाई सुझाव

२८ वैशाख, काठमाडौं — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग लामो राजनीतिक छलफल गरेकी छन् । ...
प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

२८ वैशाख, काठमाडौं — प्रधानमन्त्री बालेन शाहले सोमबार बिहान मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस...