मधेस सरकारको भविष्य जसपा नेपालको निर्णयमा निर्भर

१ जेठ, काठमाडौं — मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। तर प्रदेश सभामा निर्णायक भूमिका रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा अझै स्पष्ट निर्णय सार्वजनिक गरेको छैन।

मुख्यमन्त्री यादवले आज बिहान ११ बजे प्रदेश सभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्ने कार्यक्रम छ। त्यसअघि जसपा नेपालको संसदीय दलको बैठक जनकपुरमा बसिरहेको छ, जहाँ विश्वासको मत दिने वा नदिने विषयमा छलफल भइरहेको छ।

बैठकमा सहभागी एक नेताका अनुसार पार्टीभित्र फरक–फरक धारणा आएका छन्। स्रोतका अनुसार अधिकांश नेताहरू जसपा नेपाल अब सत्ता बाहिर बस्नुपर्ने पक्षमा छन् भने केही नेताले वर्तमान सरकारलाई विश्वासको मत दिन नहुने धारणा राखेका छन्।

यसअघि बसेको संसदीय दलको बैठकले भने वर्तमान गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय गरेको थियो। तर, जसपा नेपाल र लोसपा नेपालबीचको एकताको प्रक्रिया टुंगिएपछि मधेस सरकारबारे नयाँ ढंगले सोच्नुपर्ने विषय अहिलेको बैठकमा उठिरहेको छ।

मधेस प्रदेश सभामा २६ सांसदसहित जसपा नेपाल सबैभन्दा ठूलो दल हो। यही आधारमा पार्टीले सरकारको नेतृत्वमा दाबी गर्नुपर्ने आवाज पनि बैठकमा उठेको छ।

तर, हाल सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस भने तत्कालै जसपा नेपाललाई नेतृत्व सुम्पिने पक्षमा देखिएको छैन।

उता, एमालेसँग मिलेर सरकार गठन गर्ने सम्भावनाप्रति जसपा नेपालका अधिकांश प्रदेश सभा सदस्यले असन्तुष्टि जनाइरहेका छन्।

यस परिस्थितिमा जसपा नेपालको अन्तिम निर्णयले मधेस प्रदेशको राजनीतिक दिशा तय गर्ने देखिएको छ। जसपा नेपालका नेता शैलेन्द्र साहले संसदीय दलको बैठकले आवश्यक निर्णय गर्ने बताए।

उनले भने, “हिजोसम्म वर्तमान गठबन्धनलाई नै अगाडि बढाउने कुरा थियो, आज बैठक बसिरहेको छ। बैठकले गर्ने निर्णयका आधारमा अघि बढ्छौँ।”

यसबीच जनमत पार्टीले भने मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ। पार्टीले आफ्ना सांसदहरूलाई विपक्षमा मतदान गर्न ह्वीपसमेत जारी गरेको छ।

जनमत पार्टीका महासचिव चन्दन सिंहले पार्टी सरकारबाट समर्थन फिर्ता लिएर बाहिर बसेको र अब निर्णयको केन्द्र जसपा नेपाल भएको बताए।

उनले जसपा नेपालको निर्णयले मधेस प्रदेश सरकारको आगामी दिशा तय हुने बताए।

‘जसपा नेपालसँग सल्लाह गरेर जनमतले समर्थन फिर्ता लिएको हो ?’ भन्ने प्रश्नमा भने उनले कुनै प्रतिक्रिया दिएनन्।

स्रोतका अनुसार मधेस प्रदेश सरकारको विषयमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, संरक्षक महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष डा. सीके राउत बीच छलफल भएको छ।

तर, उनीहरूबीच भएको छलफलको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

कांग्रेसले सुरु गर्‍यो डिजिटल सदस्यता प्रणाली

कांग्रेसले सुरु गर्‍यो डिजिटल सदस्यता प्रणाली

१ जेठ, काठमाडौं — नेपाली कांग्रेसले क्रियाशील सदस्यताको अद्यावधिक कार्य आगामी २१ दिनभित्र पूरा गर्ने निर्णय गरेको छ। महामन्त्री प...
मधेस सरकारको भविष्य जसपा नेपालको निर्णयमा निर्भर

मधेस सरकारको भविष्य जसपा नेपालको निर्णयमा निर्भर

१ जेठ, काठमाडौं — मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। तर प्रदेश सभामा निर्णायक भूमिका ...
सर्वोच्चले माग्यो ज्योतिप्रकाश पाण्डे पक्राउको कारण

सर्वोच्चले माग्यो ज्योतिप्रकाश पाण्डे पक्राउको कारण

३१ वैशाख, काठमाडौं — सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेको...
रास्वपाले उठायो सांसदको स्वकीय सचिव सुविधा पुनःस्थापनाको मुद्दा

रास्वपाले उठायो सांसदको स्वकीय सचिव सुविधा पुनःस्थापनाको मुद्दा

३१ वैशाख, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदहरूलाई पुनः स्वकीय सचिवको सुविधा दिनुपर्ने माग गरेको छ। बिहीबार ...