२०८३ जेष्ठ १
२०८३ जेष्ठ १
१ जेठ, काठमाडौं — प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच शुक्रबार भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटका विषयमा छलफल भएको सचिवालय स्रोतले जनाएको छ। सरकारले हिजो मात्रै नीति तथा कार्यक्रम पारित गरेको थियो। त्यसपछि प्रधानमन्त्री र अर्थमन्त्रीबीच आगामी बजेट तयारीलगायत विषयमा छलफल भएको बताइएको छ। भेटवार्तापछि अर्थमन्त्री वाग्ले प्रधानमन्त्री कार्यालयबाट बाहिरिएका छन्।