१८ असार, काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
एमालेसँग आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएसँगै पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले लिने रणनीतिका बारेमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको हो ।
पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिहान बैठक बस्न लागेको छ ।
सोमबार मध्यरातमा कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका छन् ।



