१८ असार, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले मंगलबार दिउँसो पदाधिकारी बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो २ बजे बैठक बस्न लागेको एक पदाधिकारीले जानकारी दिए ।
विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल गरिने ती नेताले बताए ।
नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गए राति सत्तासाझेदारीको सहमति भएपछि राजनीतिक दलभित्र आन्तरिक छलफल तीव्र बनेको छ ।



