२०८३ श्रावण ११
२०८३ श्रावण ११
११ साउन, काठमाडौं — सुनसरीको देवानगन्ज क्षेत्रमा कर्फ्यू आदेश उल्लंघन गर्दै प्रदर्शन भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ। आइतबार राति उक्त क्षेत्रमा तनाव उत्पन्न भएको थियो। घटनाका क्रममा एक जनाको मृत्यु भएको थियो भने नौ जना गोली लागेर घाइते भएका थिए। घटनापछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको थियो। तर, प्रदर्शनकारीहरूले सोमबार मध्याह्नदेखि कर्फ्यू उल्लंघन गर्दै प्रदर्शन सुरु गरेका हुन्। प्रदर्शनका क्रममा आगजनी र तोडफोड हुन थालेपछि अवस्था नियन्त्रणबाहिर जान थालेको भन्दै प्रशासनले नेपाली सेना परिचालन गरेको जनाएको छ। देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा आइतबार राति भएको झडपका क्रममा प्रहरीको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो।…